यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्था | Khabarhub Khabarhub

यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्था


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

८ औं राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले व्यक्ति तथा संस्था गरी १५ करदातालाई सम्मान गरेको हो ।

गत आर्थिक वर्षमा व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिर्नेमा व्यवसायी सिद्धार्थ राणा परेका छन् । उनी पछिल्लो ६ वर्षदेखि लगातार सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रुपमा सरकारबाट सम्मानित हुँदै आएका छन् ।

राणा नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष हुन् । राणाको होटेल सोल्टीमा समेत लगानी छ ।

संस्थागततर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल रहेको छ । निर्याततर्फ बहुराष्ट्रिय कम्पनी डाबर नेपाल रहेको छ ।

सबैभन्दा बढी कर तिर्नेमा उद्योगतर्फ ( मदिरा र चुरोटबाहेक) जगदम्बा स्टिल, कृषि तर्फ अन्नपूर्ण एग्रो, वाणिज्य बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक, लघुवित्ततर्फ छिमेक लघुवित्त, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स, स्वास्थ्यतर्फ मणिपाल एजुकेशन, सूचना तथा सञ्चारतर्फ वल्र्डलिङ्क नेपाल, व्यापार तथा व्यवसायतर्फ अग्नि इन्कर्पोरेट, पर्यटनतर्फ तारागाउँ रिजेञ्सी छन् ।

यस्तै, मध्यमस्तरीय कर तिर्नेमा कामना सेवा विकास बैंक रहेको छ । यस्तै सबैभन्दा बढी मूल्य अभिबृद्धि कर (भ्याट) तिर्ने तथा समयमै सम्पूर्ण विवरण बुझाउनेमा घोराही सिमेन्ट रहेको छ ।

अन्तरिक राजश्वको क्षेत्रमा रहेर सबैभन्दा बढी कर तिर्नेमा भीएफ सर्विस मोरिसस प्रालि रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

उत्कृष्ट करदाताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ३ : १७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका