भारत र चीनबाट भएको सीमा अतिक्रमणको नेविसंघले विरोध गर्ने | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

भारत र चीनबाट भएको सीमा अतिक्रमणको नेविसंघले विरोध गर्ने



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भारत र चीन दुवै देशबाट भएको सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।

नेविसंघले ‘ब्याक अफ इन्डिया–चाइना’ नारा तय गरेको जनाएको छ ।

आइतबार (आज) दिउँसो १२ बजे नेविसंघले भारत र चीन दुवै तर्फबाट भएको सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने भएको हो ।

नेविसंघले नेपाल सरकार माथि समेत प्रश्न उठाएको छ ।

नेविसंघले जारी गरेको व्यानरमा लेखिएको छ ‘बालुवाटार र खुला मञ्च त जोगाउन सकेनौं, हाम्रो सीमा पनि जोगाउन नसक्ने हो ?’


भर्खर