झरनाको ‘ए मेरो हजुर ४’ बन्ने पक्का, सुहानासँग गर्नेछन् अनमोलले रोमान्स | Khabarhub Khabarhub

झरनाको ‘ए मेरो हजुर ४’ बन्ने पक्का, सुहानासँग गर्नेछन् अनमोलले रोमान्स


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको जोडी रहने भएको छ । फिल्ममा अनमोलले शीर्ष भूमिका निभाउने पहिले नै तय भए पनि लिखित सम्झौता भने शनिवार मात्र भएको हो ।

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडीलाई झरनाले ‘ए मेरो हजुर ४’ मा पनि दोहोर्‍याउन लागेकी हुन् । झरनाकी छोरी समेत रहेकी सुहानाका लागि ‘ए मेरो हजुर ३’ डेब्यु फिल्म थियो ।

फिल्मलाई सुनील कुमार थापाले निर्माण गर्नेछन् भने झरना थापाले निर्देशन गर्नेछिन् । माघ २० गतेबाट फ्लोरमा जाने यो फिल्म नेपालसहित ओमान र हल्याण्डमा पनि छायांकन हुनेछ ।

निर्माण टिमले अन्य कलाकार को–को रहने भन्ने जानकारी गराएको छैन । यद्यपि फिल्ममा अनमोल र सुहानाको शीर्ष भूमिका रहनेछ । र, यी दुवैलाई फेरि एकपटक प्रेमी प्रेमिकाका रुपमा पर्दामा देख्न पाइनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका