आइसल्याण्ड पिक आरोहण गरी फर्केका पर्यटकको लडेर मृत्यु | Khabarhub Khabarhub

आइसल्याण्ड पिक आरोहण गरी फर्केका पर्यटकको लडेर मृत्यु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ ।

डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : ४७ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको