सागका लागि १४ दिन बाँकी : अपेक्षाकृत पदक लिन नेपाललाई कति चुनौती ? | Khabarhub Khabarhub

सागका लागि १४ दिन बाँकी : अपेक्षाकृत पदक लिन नेपाललाई कति चुनौती ?



काठमाडौं– ३५ बर्षपछि काठमाडौं फर्किएको दक्षिण एसियाली खेलकुद (साग) को भव्य रुपमा आयोजना गर्ने सरकारले जनाएको छ । सागलाई दक्षिण एसियाली क्षेत्रमा खेलकुदको महाकुम्भ मेलाका रुपमा लिइन्छ ।

तेस्रो पटक काठमाडौं फर्किएको सागबाट सरकारले पनि ठूलो अपेक्षा राखेको छ । अहिले सागमा खेल, खेलाडी र दर्शकमात्रै बढेका छैनन् । त्यसैगरी जनताको अपेक्षा पनि बढेको छ ।

कुनै समय साग आयोजना मात्रै गर्न सके पुग्ने अवस्थामा रहेको नेपाल १३ औं संस्करणसम्म आइपुग्दा कति स्वर्ण जित्ने भन्नेले पनि चाँसो जगाएको छ ।

यसअघि सागमा यति नै स्वर्ण जित्ने भन्ने दाबी गर्न हिचकिचाइरहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले काठमाडौं, पोखरा र जनकपुरमा हुन गइरहेको सागमा सरकारले ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव सिलवालले सरकारको लक्ष्य सुनाएका हुन् । उनले बंगलादेशमा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल टोलीको सफलतालाई उदाहरण दिँदै सागबाट सरकारको अपेक्षा सार्वजनिक गरे ।

नेपालकै पहलमा आयोजना हुन लागेको सागको पहिलो आयोजक राष्ट्र पनि नेपाल नै हो । उक्त प्रतियोगिता सन् १९८४ मा काठमाडौंमा भएको थियो । जहाँ नेपालले ४ स्वर्ण जितेको थियो । तर, त्यसको १५ बर्षपछि सन् १९९९ मा काठमाडौं फर्किएका सागमा तुलनात्मक रुपमा नेपालले राम्रो नतिजा हात पारेको थियो । जसलाई नेपाली खेलकुदमा सागमा अहिलेसम्मकै राम्रो नतिजा हो ।

त्यतिबेला नेपालले ३१ स्वर्ण पदक जितेको थियो । त्यसपछिका ४ संस्करणमा नेपालले सम्झनलायक प्रर्दशन देखाउन सकेको छैन् ।

फेरि २० बर्षपछि काठमाडौं, पोखरा र जनकपुरमा हुन लागेको सागमा सरकारी लगानी देखि जनस्तरबाट समेत ठूलो अपेक्षा गरिएको छ ।

२७ खेल खेलाइने भनिएपनि नेपालले यो संस्करणमा पहिलो पटक समावेश गर्न लागेको प्याराग्लाइडिङ हुने नहुने अझै टुङ्गो लागिसकेको छैन् । प्याराग्लाइडिङ नभएपनि नेपालले सागमा १२ संस्करणमा समावेश नगरिएको करातेलाई फर्काएको छ ।

यसअघि १७ विधामात्रै रहेको करातेमा यसपालि २ विधा थप गरेर १९ विधा बनाइएको छ । उक्त खेलबाट पनि नेपालले ठूलो अपेक्षा गरेको छ । त्यो मात्रै होइन, सागमा अहिलेसम्मको सफल खेल तेक्वान्दोबाट पनि अपेक्षा गरिएको छ ।

१३ संस्करणसम्म आइपुग्दा नेपालले ७२ स्वर्ण हात पारेको छ । सरकारको लक्ष्य पुरा नभएपनि घरमै हुन लागेको खेलमा नेपालल्े २८ स्वर्ण पदक मात्रै जितेपनि सागमा सय स्वर्ण पुरा हुनेछ ।

सागमा शीर्ष स्थानमा भारत रहँदा पाकिस्तान र श्रीलंका दोस्रो र तेस्रो स्थानमा छन् भने चौथो स्थानमा पर्न नेपालको प्रतिस्पर्धा बंगलादेशसँग हुने गरेको छ ।
पछिल्ला तीन संस्करण सन् २००६ कोलम्बो सागमा १५ स्वर्ण जितेको नेपाल चौथो स्थानमा थियो । त्यसको ४ बर्षपछि २०१० ढाकामा भएको सागमा ८ स्वर्णमात्रै जितेपछि पाँचौं स्थानमा धकेलिएको थियो ।

त्यस्तै, २०१६ को गुवाहाटि–सिलोङ सागमा नेपाल ३ स्वर्णमा साँघुरीएपछि छैठौं स्थानमा थियो । तर, यी सबै संस्करणमा भारत शीर्ष स्थानमा रहँदा २०१६ मा श्रीलंका दोस्रो स्थानमा थियो भने २०१० र २००६ मा पाकिस्तान दोस्रो स्थानमा थियो ।

‘हामीले बैदेशिक प्रशिक्षण गरेका छौं । त्यसलै पनि नेपालले सागमा राम्रो गर्न अपेक्षा धेरै रहेको छ,’ सदस्य सचिव सिलवालले भने, ‘हामीले जुन तरिकाले अभ्यास गरेका छौं । त्यो सबै हेर्दा र सर्वेक्षण गर्दा नेपाल ५० स्वर्ण जित्ने सम्भावना देखिएको छ ।’

सागको मंसिर १५ गते दशरथ रंगशालामा उद्घाटन हुनेछ । उद्घाटनमा फुटबल हुनेछ भने समापन पनि दशरथ रंगशालामै हुने र फुटबलकै फाइनल खेलसँगै १३ औं संस्करणको साग समाप्त हुनेछ । १४ औं सागका लागि आयोजक राष्ट्रलाई आयोजकको झण्डा सुम्पिँदै काठमाडौंबाट तेस्रो पटक बिदा हुनेछ ।

सागको काउन्टडाउन शुरु

सागको मूल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन मार्फत १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन शुरु भएको जनाएको छ ।

सागमा ३२५२ खेलाडीले ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

स्वर्ण, रजत र कास्यगरि जम्मा ११३२ पदक सागमा रहेका छन् । सहभागी देशमध्य नेपालले सबैभ्दा धेरै ६४८ खेलाडी रहेका छन् भने श्रीलंकाले ६१२ खेलाडीलाई सागमा सहभागी गराउने छ भने बंगलादेशले ५९१ खेलाडी मैदान उतार्नेछ ।

यस्तै भारतले ५२१ खेलाडी, पाकिस्तानले ४१३, माल्दिभ्स ३३२ र भुटाने १३२ खेलाडीलाई मैदान उतार्नेछ ।

नेपाल २७ खेल, श्रीलंका र बंगलादेशले समान २५-२५ खेल, भारतले २०, पाकिस्तानले १८, भुटानले १४ र माल्दिभ्स सबैभन्दा कम १० खेलमा सहभागी हुनेछ । नेपालले ५० स्वर्ण जित्ने राखेको राखेपले जनाएको छ । यसअघि ८ औ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : २३ बजे

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,