महिनावारी भएको बेला गर्भ रहन्छ ? यस्ता छन् भ्रम र यथार्थ | Khabarhub Khabarhub

महिनावारी भएको बेला गर्भ रहन्छ ? यस्ता छन् भ्रम र यथार्थ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै व्यक्तिमा शारीरिक सम्पर्कपछि कस्तो अवस्थामा गर्भ रहन्छ वा रहन्न भन्नेबारे जानकारी नहुन सक्छ ।

केहीले महिनावारी भएलगत्तै शारीरिक सम्पर्क हुँदा गर्भ नरहने बताउँछन् भने केहीले पहिलो यौन सम्पर्कमा गर्भ बस्दैन भन्छन् । तर यसमा के कति सत्यता छ ? गर्भ सम्बन्धिको सात तथ्य यस्ता छन् । जसमा कति यथार्थ छ वा कति भ्रम ।

भ्रम र यर्थाथ :

१) महिनावारी भएको बेला शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु भ्रम हो । किन की शुक्राणु सात दिनसम्म पनि सक्रिय हुन्छन् । जसका कारण न्यून भएपनि गर्भ रहने सम्भावना रहन्छ ।

२) प्रथम पटक शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम मात्र हो ।

३) महिनावारी नहुँदै शारीरिक सम्पर्क राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम हो, किन की महिनावारी हुनका लागि यदि पहिलो अण्ड सक्रिय भएको छ भने गर्भ रहन सक्छ ।

४. शारीरिक सम्बन्ध भएपछि तत्काल नुहाउँदा गर्भ रहँदैन भन्नु पनि भ्रम हो । नुहाउनु र गर्भको कुनै सम्बन्ध हुँदैन ।

५. शारीरिक सम्पर्क भए लगतै पिसाब फेर्दा गर्भ रहँदैन भन्नु पनि गलत हुन्छ । पिसाब आउने र शुक्राणु रहने भाग योनीमा अलग–अलग हुन्छ ।

६) शारीरिक सम्पर्क भएपछि केहीबेर उभिदा, हिँड्दा वा टुक्क्रुक्क बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो । यस्तो अवस्थामा शुक्राणु योनी बाहिर आएपनि सबै शुक्राणु निस्कने सम्भावना अति नै न्यून हुन्छ ।

७) पानीमा यौन गर्दा वा यौन सम्पर्कपछि पानीमा बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो । अण्ड र शुक्राणुको सम्पर्क भएपछि गर्भ रहन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : २६ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट