डेटिङ टिप्स : यस्ता कुरा मन पराउँछन् प्रेमिकाहरु | Khabarhub Khabarhub

डेटिङ टिप्स : यस्ता कुरा मन पराउँछन् प्रेमिकाहरु


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै युवायुवती डेटमा जाने गर्दछन् । तर डेटमा जादाँ कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी नहुँदा कतिपय प्रेममा असर पर्ने गर्दछ ।

हामी डेटमा जाँदा उपयोगी सात टिप्सहरु दिदैछौँ, जो तपाईंको आउने डेटका लागि उपयोगी हुनसक्छ :

१. बोर हुन नदिनुहोस् :

हरेक ब्यक्ति भेटमा रमाइलो होस् भन्ने चाहन्छन् । अझ डेटिङको भेट हरेक प्रेमिकाको चाहनाअनुसार रमाइलो होस् भन्ने हुन्छ । त्यसैले डेटमा कहिल्यै प्रेमिकालाई बोर हुन दिनुहुँदैन ।

२. चुपचाप नबस्नु :

डेटिङमा कतिपय पुरुष कम बोल्ने गर्दछन् । तर केटीलाई आफ्नो प्रेमी गफ गरिरहोस् भन्ने चाहना हुन्छ । तर चुप नलाग्नु भन्दैमा प्रेमिकाको कुरा काटेर आफँै मात्र बोल्नु भने हुँदैन ।

३. सुझबुझ अपनाउनुस् :

डेटमा जाँदा आफ्नो प्रेमिकाको भावना बुझ्नुहोस् । यदि उनी दुखी छिन् भने कारण पत्ता लगाएर त्यसको समाधानको उपाय दिनुहोस् । कुनै सहयोगको अपेक्षा छ भने त्यसलाई पूरा गर्ने उपाय बताउँनुहोस् । यस्तोमा तपाईंको सुझबुझको निकै ठूलो महत्व हुन्छ ।

४. प्रेमिकाको कुरा सुन्नुहोस्

कतिपय टेलिफोन वा म्यासेजमा भन्न नसकेका कुरा डेटमा जाँदा भन्ने प्रेमिकाको बानी हुन्छ । यस्तोमा उनीहरुको कुरा ध्यान दिएर सुनिदिनु पर्ने हुन्छ । स्वभावत: कतिपय प्रेमिकाहरुमा आफ्नो कुरा सुनाउने बानी पनि हुन्छ ।

५. अनावश्यक फोन नउठाउनुहोस्

प्राय डेटमा जाँदा प्रेमीप्रेमीका बीचको मात्र कुराकानी हुनुपर्छ । यस्तोमा बाहिरबाट आउने टेलिफोन कलले अहसज तुल्याउने गर्दछ । तसर्थ डेटमा भएको बेला बाहिरको कल उठाउनु वा लामो कुराकानी गर्नु हुँदैन । अति आवश्यक कल भए प्रेमिकाकै अगाडि ‘फोन उठाउँछु है’ भनेर अनुमतिका साथ उठाउन सकिन्छ ।

६. वादविवाद नगर्नुहोस्

कुनै पनि डेटमा प्रेमका कुरा वा एकआपसका कुराले मात्र प्रवेश पाउनु पर्छ । तर कतिपय प्रेमी भने राजनीतिक बहस वा देशको माहौलबारे चर्चा गर्न थाल्छन् । यो डेटका लागि सबैभन्दा अनुपयुक्त विषय हो । साथै डेटमा रहँदा कुनै पनि बिषयमा विवाद गर्नु हुँदैन यसले नकारात्मक असर पर्छ ।

७. यौन, चुम्बन र अंकमाल

प्राय प्रेमीहरु डेटमा प्रेमिकासँग चुम्बन गर्न खोज्ने, यौनको चाहना राख्ने वा अंकमाल गर्न चाहन्छन् । जब की डेटमा जाँदा यो गरिहाल्नु पर्छ भन्ने हुँदैन । त्यसैले प्रेमीकालाई चुम्बन, यौन र अंकमालका लागि ढिपी गरेर दबाब नदिनुहोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : १५ बजे

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी