श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ ? यस्ता छन् ७ फाइदा | Khabarhub Khabarhub

श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ ? यस्ता छन् ७ फाइदा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ स–साना कुरामा पनि श्रीमान्–श्रीमतीबीच झगडा हुने गर्दछ ।

कतिपय मानिस यस्तो झगडाले सम्बन्ध टुटाउने दाबी गर्छन् । तर यसमा सत्यता छैन । बरु श्रीमान्–श्रीमती बीचको झगडाले दुवैबीच माया बढाउँछ । आत्मियतासमेत बनाउँछ । तर झगडाको दौरानमा हातपात गर्ने, चिच्याउने वा गालीगलौज गर्नेहरु यस दर्जामा पर्दैनन् ।

दुई पार्टनरबीच हुने सामान्य झगडाले जोडीलाई एकअर्काको भावना र मान्यता बुझ्न मद्दत गर्छ । त्यसैले सातामा एकपटकसम्म हुने झगडाले श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्छ भन्ने प्रष्ट्याउँछ । श्रीमान्–श्रीमतीबीच हुने झगडाका फाइदाहरु निम्न छन् :

१. यदि श्रीमान्–श्रीमतीबीच सामान्य झगडा हुन्छ भने पक्कै पनि त्यो सम्बन्ध लामो समय टिक्ने हुनेछ । यस्तो झगडामा मनमा रहेका कुराहरु खोतलिन्छ र पार्टनरलाई चित्त दुखाईको कारण बुझ्न सहज हुन्छ ।

२. कसैलाई आफ्नो पार्टनरको कुनै बानी मन पर्दैन भने त्यसलाई त्यतिकै छाड्नुभन्दा भनेर त्यसको समाधान गर्नु उत्तम हुन्छ । जसका लागि सामान्य झगडाले पनि दुबै बीचको नराम्रो बानी बाहिर आउँछ र सुधार्ने मौका मिल्छ ।

३. श्रीमान्–श्रीमतीबीच झगडा हुनुको अर्थ हो, दुबै एकअर्काप्रति बफादार छन् । उनीहरुको प्रेममा कुनै स्वार्थ छैन । स्वार्थ छ त केवल लडेर भए पनि सँगै बस्ने । त्यसैले श्रीमान्–श्रीमतीबीचको झगडा आमाबुवा वा दाजुभाइ दिदीबहिनीसँग गरिने झगडा जस्तै सम्झिनुपर्छ ।

३. कतिपय समयमा केही कारणले बोलचाल बन्द भएमा श्रीमान्–श्रीमतीबीच हुने झगडाले सबन्धमा नजिकपना ल्याउँछ । झगडाको कारणले नै बोलचाल खुल्दछ र दुबैबीच पुनः पुरानो सम्बन्ध फर्किन्छ । यसले दुई पार्टनरबीच अपनत्व र विश्वाससमेत बढाउँछ ।

४. वैज्ञानिकका अनुसार स्वस्थ सम्बन्धको एक कारक बहस वा झगडा पनि हो । त्यसैले झगडा हुँदैमा दुई बीचको सम्बन्ध खराब छ भन्न मिल्दैन । बरु कहिल्यै झगडा वा विवाद नगर्ने जोडीको सम्बन्ध धरापमा पर्ने गर्दछ ।

५. श्रीमान्–श्रीमती बीच हुने झगडामा कोही स्थायी शत्रु हुँदैनन् । त्यसैले यसमा हुने जीत वा हारले ठूलो महत्व राख्दैन । बरु झगडाका क्रममा माफी माग्ने पार्टनरले जीत हासिल गर्दछन् किनकी यसले उसको पार्टनरमा खुसी तुल्याउँछ ।

६. श्रीमान्–श्रीमती बीच हुने झगडाले मानिस आफ्नो पार्टनरप्रति कति बफदार वा केयर गर्छ भन्ने थाहा पाउन सकिन्छ । यसमा पार्टनरले हातपात गर्छ कि, गालीगलौज गर्छ त्यसबारे समेत जानकारी पाउन सकिन्छ । यो स्थितिले आफ्नो पार्टनर कतिको सही छ, त्यसको मुल्याङ्कन गर्नेसमेत अवसर मिल्छ ।

७. कुनै पनि सम्बन्धमा सहज वातावरण हुँदैन । यसमा निजी विचारले प्रवेश पाउँछ । तर निजी विचार जबरजस्ती थोपर्नु हुँदैन । केही महत्वपूर्ण कुरा छ भने पार्टनरलाई त्यसबारे जानकारी गराउनु पर्छ । यस्तोमा हुने झगडाले कहिलेकाही एकअर्कालाई नै फाइदा पुर्‍याउँछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ०१ बजे

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा