चर्चित भारतीय क्रिकेटर सचिनले कीर्तिपुरमा क्रिकेट खेले (फोटोफिचर) | Khabarhub Khabarhub

चर्चित भारतीय क्रिकेटर सचिनले कीर्तिपुरमा क्रिकेट खेले (फोटोफिचर)



काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले काठमाडौंको कीर्तिपुर मैदानमा क्रिकेट खेलेका छन् ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका उनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलेका हुन् ।

मैत्रीपूर्ण खेलमा सचिनको टिमसँग नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमले खेलेको छ ।

खेल १० ओभरको खेल सचिन नेतृत्वको टोलीले जितेको छ । टस जितेर बलिङ गरेको सचिनको टोलीलाई नेपाली विनोद दासको टोलीले ४५ रनको चुनौति दिएको थियो ।

दास नेतृत्वको टोलीले दिएको चुनौती सचिन नेतृत्वको टोलीले ६ ओभरमा पूरा गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल बोलाएको हो ।

उनले  सो मैत्रीपूर्ण खेलका लागि सचिन शुक्रबार राति नेपाल आएका थिए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ३६ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का