ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला | Khabarhub Khabarhub

ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जिल्ला प्रहरी कार्यालय दाङले विप्लव समूले लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला पारेको छ ।

दाङ प्रहरीले जिल्लाको गढवा गाउँपालिका र कपिलबस्तुको शिवनगरको सिमा क्षेत्रमा रहेका केही बेवारिसे खाली गोठमा खानतलासी गरी लुकाई छिपाई राखेका अवस्थामा ५ थान अत्याधुनिक सर्ट मेसीन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३ सय ९० थान गोलीसमेत बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा ५ नम्बर प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले खोजतलास गर्दा शुक्रबार बेलुकी करीव ६ बजेको समयमा कपिलबस्तुको शिवनगर नगरपालिका वडा नम्बर १ मा रहेको खाली गोठबाट रातो सुटकेशमा राखिएको अवस्थामा उक्त हातहतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले आज (शनिबार) पत्रकार सम्मेलन गरी जानकारी दिए ।

विप्लव समूहले दाङ र कपिलबस्तुको सिमाहुँदै हातहतियार स्थानान्तरण गदैंछन् भन्ने प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा कार्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले बताएको छ ।

बरामद गरिएका हतियार कहाँ र कुन प्रयोजनका लागि लैजान लागिएको थियो भन्ने यकिन नभए पनि राज्य प्रतिबन्धित विप्लव समूहले राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

उपनिर्वाचनको पूर्व सन्ध्यामा यति ठूलो मात्रामा अत्याधुनिक हतियार भेटिनुले सुरक्षा संवेदनशीलतामाथि अझ सतर्क रहन जिम्मेवारी बढेको देखिएको छ । बरामद गरिएका हतियार युद्धकालीन समयमा प्रयोग गरिएका जस्ता देखिए पनि ती हतियारका बारेमा अहिले नै यकिन गर्न नसकिने प्रहरीले बताएको छ । घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान शुरु गरिएको पनि प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ०३ बजे

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी