सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा शैक्षिक क्यालेन्डर | Khabarhub Khabarhub

सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा शैक्षिक क्यालेन्डर


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक विद्यालयमा वार्षिक क्यालेन्डर लागू गरेपछि शैक्षिक नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ ।

शिक्षा सेवाका कर्मचारीको पदस्थापनसँगै अधिकांश पालिकाले शिक्षक, अभिभावको परामर्शमा आफ्नो शैक्षिक क्यालेन्डर मुद्रण गरी विद्यालयमा पठाएपछि त्यसको कार्यान्वयन शुरु भएको हो ।

नौ जिल्ला र ७९ स्थानीय तह रहेको यस प्रदेशका शिक्षा विकास निर्देशनालयका कामु निर्देशक दुर्गादत्त विष्टका अनुसार विद्यालय निरीक्षक र स्रोत व्यक्तिको अभाव भई शिक्षकलाई काजमा लिएर काम गरिरहेकाबाहेक सबै स्थानीय तहले शैक्षिक क्यालेन्डर बनाइसकेको र बाँकीले चाँडै बनाउनेछन् ।

निर्देशक विष्टसहितको निर्देशनालयको टोलीले हालै प्रदेशका विभिन्न जिल्लाका विद्यालयका अनुगमन गरेको थियो । विगतमा साबिक जिल्ला शिक्षा कार्यालयमा छलफल भई जिल्लागत शैक्षिक क्यालेन्डर बन्ने गरेकोमा संविधानतः माध्यमिक तहसम्मको विद्यालयको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेपछि पालिकापिच्छे शैक्षिक क्यालेन्डर बन्न थालेको हो । ती पालिकाले आफ्नो शैक्षिक नीति र निर्देशिका पनि बनाउन थालेका छन् ।

शैक्षिक क्यालेन्डरमा विद्यालय खुल्ने र बिदा हुने दिन किटान हुनाका साथै हरेक महिनाको कुन बार, कति गते, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र स्थानीय तहले के के गर्ने भन्ने स्पष्ट तोकिएको हुन्छ ।

शिक्षा नियमावलीमा वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने उल्लेख छ । क्यालेन्डरमा स्थानीय धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक एवं सम्पदाका तस्बीर र परिचयका साथै स्थानीय तहका शैक्षिक गतिविधिबारे पनि उल्लेख हुने भएकाले यो विद्यालयहरुका लागि पनि जानकारीमूलक हुनेछ ।

यो प्रदेशमा सार्वजनिक (समुदायिक) तीन हजार ७०२ र निजी (संस्थागत) ८७६ गरी चार हजार ५७८ विद्यालय छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ४५ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप