मेस्सीको गोलले अर्जेन्टिनासँग ब्राजिल पराजित | Khabarhub Khabarhub

मेस्सीको गोलले अर्जेन्टिनासँग ब्राजिल पराजित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ ।

शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको हो ।

ब्राजिलको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।

मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।

सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६