लोकसेवाले माग्यो ६८८ जना कर्मचारी (विज्ञापन सहित) | Khabarhub Khabarhub

लोकसेवाले माग्यो ६८८ जना कर्मचारी (विज्ञापन सहित)


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले ६८८ कर्मचारीका लागि विज्ञापन गरेको छ । २ सया १६ जन सहसचिव र ४ सय ७२ उपसचिव पदमा गरी ६ सय ८८ जना कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो ।

निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्।

आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले मंसिर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ। दरखास्त फारम आयोगको वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ।

दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। दरखास्त शुल्क प्रथम श्रेणीका लागि एक हजार पाँच सय रूपैंयाँ र दोस्रो श्रेणीका लागि एक हजार दुई सय रूपैंया तोकिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन