सचेत हुनुस्, यसरी कम गर्न सकिन्छ क्यान्सरको जोखिम | Khabarhub Khabarhub

सचेत हुनुस्, यसरी कम गर्न सकिन्छ क्यान्सरको जोखिम


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यान्सर प्राणघातक र जटिल रोग हो । पहिले विकसित मुलुकमा बढी क्यान्सर हुने गरे पनि अब नेपालजस्ता गरिब मुलुकमा समेत बढ्दो सहरीकरण, प्रदूषण, नकारात्मक जीवनशैली, विषादी आदिको प्रयोगलगायतका कारण यो समस्या बढिरहेको छ । स्वस्थकर जीवनशैली अपनाएर दीर्घ जीवन पाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार क्यान्सरका ३०–५० प्रतिशतसम्मका रोगलाई जीवनशैलीमा स्वस्थकर परिवर्तन गरेर रोकथाम गर्न सकिन्छ। त्यसैले जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ ।

डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा क्यान्सर मृत्युको दोस्रो प्रमुख कारक हो । सन् २०१८ मा अनुमानित ९६ लाख मृत्युका लागि क्यान्सरलाई जिम्मेवार मानिएको छ। विश्वव्यापी रूपमा छमध्ये एउटा मृत्यु क्यान्सरले गर्दा हुन्छ तर हालका दिनमा क्यान्सरले हुने ७० प्रतिशतजति मृत्यु निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको छ।

के हो क्यान्सर ?

शरीरको कुनै पनि खण्डलाई प्रभावित गर्न सक्ने क्यान्सर रोगको एउटा ठूलो समूहको सामान्य नाम हो । हाम्रो शरीरका सबै अंग कोषले बनेका हुन्छन्। तीव्र गतिले बढ्ने असामान्य कोषिकाले गर्दा क्यान्सर हुन्छ।

क्यान्सर कोषिका मा सुरु हुन्छ। सामान्यत: शरीरले हामीलाई आवश्यकता भएअनुसार मृत पुरानो कोषिकालाई प्रतिस्थापन गर्दै नयाँ कोषिका निर्माण गर्छ तर कहिलेकाहीं यो प्रक्रिया गलत हुन्छ। नयाँ कोषिका त्यतिखेर समेत बढ्दै जान्छ, जब हामीलाई त्यसको आवश्यकता हुँदैन।

अर्कातिर, पुरानो कोषिका जतिखेर मर्नुपर्ने हो, त्यतिबेला मर्दैन। यसले अतिरिक्त कोषिकाको एउटा थुप्रो बनाउँछ, जसलाई गाँठो अर्थात टयुमर भनिन्छ तर सबै असामान्य वृद्घि वा गाँठो क्यान्सर भने हुँदैन।

क्यान्सरको जोखिम कम कसरी गर्ने ?

धूमपान वा कुनै पनि रूपमा तमाखुको उपयोग नगर्नुस् : धूमपानले दीर्घकालमा करिब आधा प्रयोगकर्तालाई मार्ने गरेको छ। यो फोक्सोको क्यान्सरसम्बन्धी एक मात्र सबैभन्दा ठूलो जोखिमको कारक त हुँदै हो, तमाखुको उपयोग अन्य विभिन्न क्यान्सरसँग पनि जोडिएको हुन्छ।

अपरोक्ष धूमपानबाट बच्नुस् : यदि तपाईं धूमपान गर्नुहुन्न भने पनि ढुक्क हुने स्थिति छैन। जतिखेर धूमपान नगर्नेहरू धूमपान गरिरहेका व्यक्तिछेउ बस्छन्, विभिन्न शारीरिक समस्यासँगै क्यान्सरको जोखिममा समेत पर्छन्। यसैले अपरोक्ष धूमपानको दुष्प्रभावबाट बच्न आफ्नो घर र कार्यस्थललाई समेत धूमपानमुक्त क्षेत्र बनाउनुपर्छ।

शारीरिक रूपमा सक्रिय रहनुस् : दिनहुँ न्यूनतम आधा घण्टा मध्यमखाले शारीरिक गतिविधि गर्नुपर्छ। एकै ठाउँ बसिराख्नुपरे पनि नियमित अन्तरालमा हिंडडुल गर्नुस्। निरन्तर बसिनराख्नुस्। शारीरिक रूपमा सक्रिय रहेर स्वस्थकर जीवनशैली अपनाउँदा क्यान्सरको जोखिम कम हुँदै जान्छ।

शरीरको तौल धेरै बढ्न वा घट्न नदिनुस् : आफ्नो उचाइ, लिंग आदिबमोजिम उपयुक्त शारीरिक तौल राख्नु क्यान्सरको जोखिम कम गर्ने अर्को प्रभावकारी उपाय हो। उपयुक्त तौल र जीवनशैली अपनाउनेमा प्रस्तावित तौल र जीवनशैली उपयुक्त नभएकाको दाँजोमा क्यान्सरको सम्भावना १८ प्रतिशत कम हुन्छ। यसैले उमेर, उचाइ, लिंगलगायत आधारमा आफ्नो उपयुक्त शारीरिक तौल पत्ता लगाएर त्यसलाईस्वस्थकर बनाउने रूपमा कायम राख्ने प्रयास गर्नुस्।

स्वस्थकर आहार लिनुस् : तपाईंले लिने आहारले स्वास्थ्यमा शक्तिशाली प्रभाव पार्छ। चिनी, नुन र बोसो धेरै भएका खाद्यपदार्थको सेवन सीमित गर्नुस्। फलफूल, सागसब्जी, सम्पूर्ण अन्न, दालको मात्रा बढाएर स्वस्थकर जीवनशैली अँगाल्नुस्। रातो मासुको उपयोग नियन्त्रण गर्नुस्। ‘प्रोसेस्ड’ मासु उपयोग गर्नबाट बच्नुस्। रातो मासु कोलोरेक्टल क्यान्सर उत्पन्न गर्ने कारकसमेत मानिएको छ। धेरै मात्रामा रेशायुक्त खाद्यपदार्थ सेवन गर्नुस्।

मद्यपानबाट परै बस्नुस् : मद्यपान गर्दा मुख, अन्न नली, घाँटी, ठूलो आन्द्रा, कलेजो, स्तन आदिको गरी कम्तीमा सात प्रकारका क्यान्सर हुन सक्छन्। क्यान्सर नहोस् भन्न मद्यपान नगर्नु नै सर्वोत्तम उपाय हो। मदिराको कुनै सुरक्षित मात्रा नरहेको तथ्य हाल विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ।

प्रदूषणबाट जोगिनुस् : हालको सहरीकरणले सबैलाई प्रदूषणको चपेटामा पारेको छ  त्यसैले सकभर प्रदूषणबाट बच्ने प्रयास गर्नुस्। यसो गर्दा क्यान्सरको जोखिम कम हुन सक्छ।

खोप लगाउनुस् : केही व्यक्तिमा संक्रमणसँग सम्बद्घ क्यान्सर हुन सक्छ। विश्वव्यापी रूपमा सबै क्यान्सरको करिब पाँच भागको एक भाग संक्रामक कारक ब्याक्टेरिया, भाइरसलगायतले गर्दा हुन्छ। हेपाटाइटिस ‘बी’ को संक्रमणले कलेजोको क्यान्सरको जोखिम बढाउछ। एचपीभी संक्रमणले पाठेघरको मुख, लिंग र अन्य क्यान्सरको जोखिम बढाउँछ। त्यसैले हेपाटाइटिस ‘बी’, हयुमन पापिलोमा भाइरस लगायत खोप लगाउनुपर्छ।

क्यान्सर उत्पन्न गर्ने कारकको सम्पर्कमा नरहनुस् : हालसम्म थाहा पाइएका क्यान्सर उत्पन्न गर्ने कारकहरू जस्तै एसवेस्टस, रेडोन, आर्सेनिक आदिको सम्पर्कमा रहनु हुँदैन।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ४ : २३ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले