सभामुख आफैं लिने पूर्वमाओवादीको दावी, पूर्वएमाले भन्छन्– नेकपा एकै हो ! | Khabarhub Khabarhub

सभामुख आफैं लिने पूर्वमाओवादीको दावी, पूर्वएमाले भन्छन्– नेकपा एकै हो !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यौन दुर्व्यवहारको अभियोगमा तानिएर सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएको छ।  रिक्तपद पूर्तिका लागि सत्तारुढ दलबीच छलफल शुरु भएको छ ।

संबैधानिक रुपमा सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने प्रावधान भएपनि एमाले र माओवादी केन्द्र एक हुनुपूर्व नै सभामुख उपसभामुख चयन भएकाले दुबै पद नेकपाको भागमा परेका थिए।

नेकपाको एकतापछि प्रतिपक्षी नेपाली कांग्रेसले सदनभित्रै पर्याप्त सवाल उठाएपनि त्यो विषय अदालत पुगेर थन्किएको थियो। तर, सभामुखमा बहाल रहेका महरा आफ्नै कारण पदच्युत भएपछि भने अव संबैधानिक प्रावधान कार्यान्वयनको बाध्यता आइलागेको छ।

संबैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने व्यवस्थाले अहिले नेकपा सभामुख लिएर उपभासमखु सहयात्री दललाई दिने मुडमा देखिएको छ। त्योसँगै सभामुख पदका लागि नेकपामा दौडधुप शुरु भएको छ।

वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुखद्वय सुवासचन्द्र नेम्बाङ र ओनसरी घर्ती, नेकपाका प्रमुख सचेतका देवप्रसाद गुरुङ, नेकपा सांसद अग्नी सापकोटा सभामुख पदका दावेदारका रुपमा देखिएका छन्। उनीहरुले पार्टीभित्र आ–आफ्नो समूहबाट लविङ जारी राखेका छन्।

पूर्वमाओवादी पक्षले सभामुख पद आफ्नो पक्षले नै पाउनुपर्ने तर्क गरिरहेको छ भने पूर्वएमाले पक्षले पार्टी एक भइसकेकाले अव पक्ष भन्न नमिल्ने तर्क गरिरहेको छ। उसले पार्टीभित्रबाट व्यक्ति छनौट हुने भन्दै पार्टीको निर्णय नै सर्वोपरि हुने तर्क गरेको छ।

ओली कार्यपालिकालाई रणनीतिक रुपमा सहयोग गर्न सक्ने र संसदका प्रक्रियामा प्रतिपक्षीलाई विश्वासमा ल्याउन वा रणनीतिक रुपमा तल पार्न सक्ने व्यक्तिलाई सभामुख बनाउने पक्षमा देखिएका छन्।

‘अहिले को पूर्वएमाले को पूर्व माओवादी भनेर चिनिँदैन र त्यस्तो तर्क गर्नु हुँदैन पनि,’ पूर्वसभामुखसरमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘अव पार्टीले निर्णय गर्छ। त्यही व्यक्ति उम्मेद्वार बन्छ। र नेकपाको उम्मेदवार सभामुखको जिम्मेवपारीमा पुग्छ।’

उनले नेकपाको उम्मेदवार छान्दाको पूर्वमाओवादी पक्ष को पूर्वएमाले पक्ष भनेर बहस हुन नसक्ने बताए। तर, पूर्वमाओवादी पक्षले भने त्यसलाई ठाडै अस्वीकार गरेको छ।

पार्टी एक भएपनि एकताको संक्रमणकाल जारी रहेको भन्दै जुन पक्षबाट पहिले निर्वाचित भएको हो अहिले पनि उही पक्षले पाउनुपर्ने पूर्व माओवादी पक्षको तर्क छ।

‘पार्टी एक भएको कुरा सत्य हो । तर, एकताको संक्रमणकाल सकिएको छैन र नेताबीचको शक्ति सन्तुलन पनि मिलाउनु पर्ने हुन्छ,’ पूर्वमाओवादी पक्षका नेता अग्नि सापकोटाले भने, ‘त्यसैले जुन पक्षबाट विगतमा निर्वाचित भएको हो। अब पनि सभामुख त्यही पक्षबाट नै चयन हुनुपर्छ।’

माओवादी पक्षबाट दिइने व्यक्तिका विषयमा भने पार्टीले निर्णय गर्न सक्ने सापकोटाको भनाई छ।

पूर्वसभामुख सुवास नेम्बाङ भने आफू सभामुख नबन्ने बताएपनि पार्टीका तर्फबाट सर्वसम्मत प्रस्ताव आए जिम्मेवारी लिन तयार रहेको बताउँने गरेका छन्।

पार्टी दिने जिम्मेवारी लिनुपर्ने बाध्यताले मात्र सभामुख बन्ने बताउँदै आएका उनले आफ्नो प्राथमिकतामा सभामुख नरहेको बताउँने गरेका छन्। दुबै अध्यक्षबाट प्रस्तावित भए सभामुख बन्ने मुडमा नेम्बाङ देखिएका छन्।

हिजो उहाँले पद पाएको पनि फरक पार्टी र फरक लिंगको हुनुपर्ने प्रावधानकै कारण हो, आज त्यही संबैधानिक प्रावधानबाट उहाँ हट्नुपर्यो भने अन्याय भयो भन्न मिल्दैन

त्यसबाहेक सभामुख पद नेकपामै राख्ने र संबैधानिक प्रावधानलाई छल्न सकिने विषयमा पनि छलफल चलिरहेको छ। त्यस्तो प्रस्ताव राष्ट्रिय जनता पार्टी छोडेर सूर्य चिन्हमा चुनाव लडेका हृदयस त्रिपाठीले राखेका छन्।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँग बालुवाटार भेटघाट गरिरहेका त्रिपाठीले नेकपामै सभामुख राख्न भन्दै त्यस्तो प्रस्ताव लगेका छन्। बालुवाटार स्रोतका अनुसार ओली हृदयसलाई विश्वासमा राख्ने पक्षमा भएपनि सभामुख पद नै दिने पक्षमा देखिएका छैनन्।

ओलीको रोजाइको पहिलो नम्बरमा पूर्वसभामुख सुवास नेम्बाङ परेका छन्। अर्का अध्यक्ष प्रचण्डले देव गुरुङ र अग्नी सापकोटा मध्ये एकलाई बनाउन लविङ गरेपनि अहिलेसम्म ओली तयार भएका छैनन्।

ओली कार्यपालिकालाई रणनीतिक रुपमा सहयोग गर्न सक्ने र संसदका प्रक्रियामा प्रतिपक्षीलाई विश्वासमा ल्याउन वा रणनीतिक रुपमा तल पार्न सक्ने व्यक्तिलाई सभामुख बनाउने पक्षमा देखिएका छन्। त्यसका लागि नेम्बाङ बराबरको व्यक्ति अर्को हुन नसक्ने ओली पक्षको बुझाई छ।

नेकपामा एउटा पक्षले भने सभामुख महराले गल्ति गरेका कारण उपसभामुखको पद जाने अवस्था आउनु नहुने भन्दै उनलाई सभामुखको जिम्मेवारी दिनुपर्ने भन्दै लविङ पनि चलिरहेको छ। तर, नेकपाकी सांसद रामकुमारी झाक्री भने उपसभामुख पार्टीले नै बनाएको भन्दै उहाँमाथी अन्याय भयो भन्न नमिल्ने बताउँछिन्।

‘हिजो उहाँले पद पाएको पनि फरक पार्टी र फरक लिंगको हुनुपर्ने प्रावधानकै कारण हो, आज त्यही संबैधानिक प्रावधानबाट उहाँ हट्नुपर्यो भने अन्याय भयो भन्न मिल्दैन,’ झाक्रीले भनिन्, ‘फेरी उहाँले मन्त्री वा अन्य पद पाउनु हुने भयो भने त उहाँलाई थप अवसरको विषयका रुपमा लिनुपर्ने हुन्छ।’

संबैधानिक संकटको समाधान

संविधान अनुसार सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनुपर्ने भएपनि विगतमा पार्टी एकता पछि दुबै एउटै पार्टीको हुँदा प्रश्न उठिरहेको थियो। तर, सभामुख पद रिक्त बनेकाले संबैधानिक प्रश्नको समाधान खोज्न मार्ग प्रशस्त भएको संविधानविद् भिमार्जुन आचार्यको तर्क छ।

‘हिजो एउटै पार्टीको हुँदा संबैधानिक प्रश्नहरु थिए तर, एकताअघि नै निर्वाचित भएका कारण समाधान भेटिएको थिएन,’ आचार्यले भने, ‘तर अब फरक पार्टी र फरक लिंग दुबै मिलाउनुपर्ने बाध्यता हुन्छ। र त्यो प्रश्नको संबैधानिक समाधान पनि हुनेछ।’

आचार्यले हृदयस वा अरु कुनै सूर्य वा हसिँया हथौडा चिन्हमा चुनाव लडेकालाई सभामुख दिएर फरक पार्टीको भन्न भने नमिल्ने बताए। ‘हसिँया हथौडा वा सूर्य चिन्हमा चुनाव लडेकाहरुलाई नेकपाले उहाँ हाम्रो सदस्य हुनुहुन्न भनिदियो भने पद जान्छ,’ आचार्यले भने, ‘त्यसो हुँदा माओवादी केन्द्र वा एमालेको चुनाव चिन्हमा लडेकाहरुलाई सभामुख दिए नेकपा भन्दा बाहिरबाट उपसभामुख बनाउनुपर्ने हुन्छ।’

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका