मनोचिकित्सक डा. विपुल भन्छन्– फेसबुकमा लाइकको होडबाजीले डिप्रेशनको खतरा | Khabarhub Khabarhub

मनोचिकित्सक डा. विपुल भन्छन्– फेसबुकमा लाइकको होडबाजीले डिप्रेशनको खतरा


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालबालिका हुन् वयस्क नै किन नहुन्, उनीहरु धेरै समय सोसल मिडियामा समय बिताउँदै आएका छन् । यदि अर्काको पोस्टमा धेरै लाइक्स वा कमेन्ट देखेर इश्र्या लाग्छ भने डिप्रेसनको संकेत गर्ने मनोचिकित्सकहरु बताउँछन् । त्यसैले यसतर्फ समयमै सचेत हुनु जरुरी छ ।

अरुको फेसबुक पोस्टमा लाइक्स र कमेन्ट धेरै आएको देखेर तपाईलाई जलन हुन्छ ? जब आफ्नो पोस्टमा तुलनात्मकरुपमा कम कमेन्ट आएको ठिक लाग्दैन ? यस्तै समस्याको समाधानका लागि फेसबुकले लाइक अप्सन लुकाउने भएको छ ।

हालै सार्वजनिक भएको एक समाचार अनुसार फेसबुकले अफिसियल युजर्सको पोस्टमा लाइक्स एकाउन्टको हाइड गर्ने प्रक्रिया शुरु गरिसकेको छ । यो सबैभन्दा पहिले अस्ट्रेलियाको प्लेटफर्मबाट शुरु गरिएको छ ।

यसपछि पोस्ट गर्ने युजरले मात्र आफ्नो लाइक र रियाक्सन देख्न सक्नेछ भने अरुलाई नदेखाउने गरी लुकाइनेछ । तर म्यूचुअल फ्रेण्डलाई रियाक्सनको आइकन भने देखिनेछ । यही तरिकाले बाँकी यूजरहरुले अरुको पोस्टमा आउने लाइक्स कतिआयो भनेर देख्न पाउने छैनन् । यसले धेरै लाइक्सको होडबाजी कम गर्न मद्दत पुग्ने फेसबुकले जनाएको छ ।

यसका साथै बाँकी फेसबुक युजरहरुको पोस्टमा आउने कमेन्टको संख्या, भिडियोहरुको भ्यूज संख्या पनि देख्न पाउने छैनन् । फेसबुकले यस बारेमा बताएको छ– ‘हामी चाहँदैनौ कि फेसबुकमा आउने लाइक्सको कम्पिटिसन या प्रतिस्पर्धा होस् । यो एउटा परीक्षण हो, यसबाट केही नयाँ फम्र्याट पक्कै अपनाइने छ ।’

मेदान्त अस्पतालका मनोचिकित्सक डाक्टर विपुल रस्तौगी भन्छन्– ‘सोसल साइटहरुका लाइक सिस्टमका कारण प्रयोगकर्ता डिप्रेसन जस्ता रोगको सामना गरिरहेका छन् ।’

उनका अनुसार सामाजिक सञ्जाल युजरहरुले लाइक र कमेन्टलाई आफ्नो आत्मविश्वास ठान्छन् । कम लाइक आउँदा उनीहरुलाई डिप्रेसन हुनसक्ने देखिन सक्छ । केहीले यस्तो अवस्थालाई निकै दुःखदायी क्षण समेत मान्छन् । यस्तो सोच बनाउने त्यस प्रकारका मानिसहरु हुन्छन् जो पहिले देखि नै आत्मविश्वास बलियो पार्न सक्दैनन् ।

उनी भन्छन्, ‘त्यस्ता मानिसहरु जो सानातिना कुराहरुमा पनि झन्झट व्यहोरिरहेका हुन्छन् । हीनतावोध गरिरहेका हुन्छन । आफूलाई निकै कमजोर ठानिरहेका हुन्छन् । उनीहरुका लागि लाइक हटाउने अप्सनले राहत मिल्नेछ । यसले उनीहरुको आत्मविश्वास बढाउने काम गर्नेछ ।’

फेसबुकको लाइक सिस्टमका कारण फाइदा भन्दा नोक्सानी बढी रहने तर्क गर्छन् उनी । त्यसैले पनि फेसबुकले यसलाई बन्द गर्ने सोच बनाएको हुनुपर्छ ।

समाजशास्त्री आनन्द कुमार भन्छन्, ‘समाजमा दोस्रो व्यक्तिबाट आफ्नो प्रशंसा सुन्न खोज्ने मानवीय स्वभाव हो । फेसबुकका माध्यमबाट एक नयाँ अप्रत्यक्ष संसार खुलेको हो, जहाँ मानिसहरु अपरिचित मानिससँग जोडिएर प्रसंशाको आशा राख्छन् । यसको मतलब उनीहरु आफ्ना पोस्टहरुमा अधिक लाइक्स र कमेन्टको अपेक्षा राख्छन् ।’

‘चाहे बालबालिका हुन् या वृद्धवृद्धा नै किन नहुन् । यस्तो अवस्थामा उनीहरुको सम्बन्धमा दरार पैदा हुने स्थिति सिर्जना हुन्छ । उनीहरुमा अरु केही चाहिदैन लाइक र कमन्ट भए पुग्ने स्थिति समेत आउँछ । अरुले आफ्नो पोस्टमा लाइक नगरे उनीहरुमा क्रोध पैदा हुन्छ । उनीहरुको यस्तो स्वभाव हुन्छ कि सानातिन कुराले उनीहरु खुशी पनि हुन सक्छन, तर त्यही साना तिना कुराबाटै उनीहरुको मनमा रिस–राग पैदा हुने गर्छ । त्यसैले यस्ता मानिसहरुका लागि फेसबुक गतिलो र उपयुक्त माध्यम होइन ।’

उनी भन्छन्, ‘फेसबुकबाट घट्ने कुनै पनि अप्रिय घटनाहरुको दोष फेसबुकले लिन चाहँदैन । जसका कारण उसले यो कदम उठाएको हुनुपर्छ ।’

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : २२ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति