मलेसिया रोजगारी खुलेपछि व्यवसायी संघबाट खुसी व्यक्त | Khabarhub Khabarhub

मलेसिया रोजगारी खुलेपछि व्यवसायी संघबाट खुसी व्यक्त


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ महिनापछि मलेसियाको रोजगारी नियमित भएकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खुसी व्यक्त गरेको छ ।

संघले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुसी भएको जनाउँदै यसबाट व्यवसायी र रोजगारीमा जाने श्रमिकलाई राहत मिलेको उल्लेख गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै संघले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको संघले जनाएको छ ।

केही दिन अघि मात्रै मलेसिया र नेपाल सरकारबीच मलेसिया रोजगारी खोल्नेबारे सहमति बनेको थियो । मलेसियासँग श्रम सम्झौता भएको लामो समय बित्दा पनि रोजगारी नखुल्दा व्यवसायीहरुले श्रमिक पठाउने प्रक्रिया खोल्न सरकारलाई दबाब दिँदै आएका थिए ।

पछिल्लो १५ महिनासम्म मलेसिया रोजगारी बन्द हुँदा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेसिने युवाको संख्या ह्वात्तै घटेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ०५ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय