इन्धन तस्करीको आरोपमा इरानद्वारा पानीजहाज नियन्त्रण | Khabarhub Khabarhub

इन्धन तस्करीको आरोपमा इरानद्वारा पानीजहाज नियन्त्रण


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले खाडी क्षेत्रतर्फ इन्धन तस्करी गरिरहेको भन्दै पानीजहाज पनि नियन्त्रणमा लिएको छ ।

सोमबार इरानको राज्यनियन्त्रित समाचार संस्था इस्नाले जनाएअनुसार खाडी क्षेत्रको संयुक्त अरब इमिरेट्सतर्फ २ लाख ५० हजार लिटर डिजल इन्धन तस्करी गरिरहेको अवस्थामा ग्रेटर टुन्ब टापु क्षेत्रबाट पानी जहाज नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको पानी जहाजका कर्मचारीलाई हर्मोजगान प्रान्तका अधिकारीको जिम्मा लगाइएको इस्नाले जनाएको छ । नियन्त्रणमा लिइएको पानीजहाजका कर्मचारीको राष्ट्रियता भने खुलाइएको छैन ।

साउदी अरबको तेल प्रशोधन क्षेत्रमा आक्रमण भएसँग मध्यपूर्वमा तनाव चुलिरहेका बेला इरानले इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको हो । गत जुलाइमा इरानले बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो ।

उक्त पानीजहाज चाँडै रिहा गरिने इरानी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ५३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६