अंगीकृत नागरिकता सम्बन्धमा कांग्रेसको अडान संविधान विपरित – नेता रावल | Khabarhub Khabarhub

अंगीकृत नागरिकता सम्बन्धमा कांग्रेसको अडान संविधान विपरित – नेता रावल


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले लिएको अडानप्रति आपत्ति जनाएका छन् ।

नेता रावलले संविधान विपरित नेपाली काँग्रेसले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अडान लिएको दावी गर्दै आपत्ति जनाएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले नागरिकता सम्बन्धि विधेयकबारे नेपाली काँग्रेसले लिएको अडान संविधान विपरित भएकाले त्यसलाई तत्काल पारित गर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई दवाव दिए ।

समितिको बैठकमा नागरिकतासम्बन्धि विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिन नेपाल नागरिकता ऐन, २०६३ कै व्यवस्थालाई निरन्तरता दिनुपर्ने काँग्रेसको फरक मत छ ।

काँग्रेसको उक्त मत संविधान विपरित रहेकाले मान्य नहुने सत्तारुढ नेकपाका नेता रावलको तर्क छ । नेता रावलले शीर्ष तहमा छलफल गरेर संविधान बनेकाले नागरिकताका सम्बन्धमा फेरी शीर्ष तहका राजनीतिक सहमति जुटाउने बहाना बनाएर नेपाली काँग्रेसले मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गरिरहेको दावी पनि गरे ।

नेता रावलले विगतमा पनि नेपालको राष्ट्रिय हित विपरित विदेशीलाई नेपाली नागरिकता दिइएको उल्लेख गर्दै त्यसलाई छानविन गरेर विदेशी नागरिकले लिएका नेपाली नागरिकता सबै खारेज गर्न पनि सरकारसँग माग गरे । त्यसका लागि छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने नेता रावलको भनाई छ ।

नेता रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपालको राष्ट्रियतालाई कमजोर बनाउन नदिन सबै राजनीतिक दल तथा नागरिक समुदायलाई पनि सचेत गराए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ४२ बजे

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा