दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार | Khabarhub Khabarhub

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन (आइतबार) नै दोहोरो अंकले ओरालो लागेको शेयर बजारले दोस्रो दिन (सोमबार) पनि सोही लय पछ्याएको छ ।

सोमबार शेयर बजार परिसूचक नेप्से  नेप्से १६.१८ अंक अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ अंकले घटेर २४६.३५ बिन्दुमा पुगेको छ ।

नेप्से सोमबार दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । आइतबार कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारका आधारमा सोमबार छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १ करोड ८० लाख १९ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यस्तै, नेपाल बैंक लिमिटेडको १ करोड ७९ लाख ८३ हजार ३ सय १६, सिटिजन बैंकको १ करोड ४९ लाख ४४ हजार १ सय ९५, एनआइसी एसिया बैंकको १ करोड १९ लाख ९५ हजार ४ सय ५५, सिद्धार्थ बैंकको १ करोड १९ लाख २७ हजार ७ सय ९५, नेपाल लाइफ इन्स्योरेन्स १ करोड १२ लाख ३७ हजार ३ सय ८७ र शिवम् सिमेन्टको शेयर ९७ लाख ७० हजार ५ सय ३८ रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सोमबार बजारमा साल्ट ट्रेडिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २.९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आइएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५.६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ३६ बजे

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको