कस्तो रोग हो अल्जाइमर ? यस्ता हुन्छन् तीन चरणका लक्षण | Khabarhub Khabarhub

कस्तो रोग हो अल्जाइमर ? यस्ता हुन्छन् तीन चरणका लक्षण


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय वृद्धा अवस्थामा पुगेका ज्येष्ठ नागरिकहरु एउटै कुरालाई बारम्बार भनिरहन्छन् । एकैछिनमा गरेको कुरा बिर्सन्छन् र फेरी दोहोर्‍याएर कुरा शुरु गर्छन् । कतिपयले त आफूले खाएको कुरा, लगाएको कुरा नै बिर्सन्छन् । र आफ्ना सन्तानले खान, लाउन नै दिएनन् भन्दै गालीसमेत गर्छन् । घरमा हुनुभएका वृद्धबाबुआमाको यस्तो बानीबाट धेरै छोराबुहारी र परिवारका अन्य सदस्यहरु दिक्क भएका पनि हुन्छन् ।

वृद्धवृद्धाको बिर्सने बानीले परिवारभित्रको मेलमिलाप र खुसीमा पनि समस्या निम्त्याउँछ । तर यसको पछाडी वृद्धावृद्धाको दोस हुँदैन । किनकी वृद्धाअवस्थामा आफैँले बोलेको कुरा, खाएको कुरा बिर्सनु एक प्रकारको रोग हो । यस्तो रोगलाई अल्जाइमर अर्थात बिर्सने रोग भनिन्छ ।

नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमरको रोग रहेको चिकित्सकहरु बताउँछन् । सरकारले वृद्धवृद्धामा देखिने रोग अल्जाइमरबारे सचेतनाको कार्यक्रम समेत गर्दै आएको छ । तर सचेतनाको अभावमा बिर्सने रोग भएका वृद्धवृद्धाहरु परिवार र समाजबाट अपहेलित भइरहेका छन् ।

तपाईंको परिवारका ज्येष्ठ नागरिकमा पनि बिर्सने समस्या छ वा कुनै कुरा बारम्बार दोहोर्‍याउने गर्नुहुन्छ भने उहाँलाई अल्जाइमर भएको हुनसक्छ । विशेषगरी अल्जाइमरको तीन चरणको लक्षण हुन्छ ।

पहिलो चरणमा देखिने लक्षणहरु

–आफूले कुनै कुरा खाएको छ भने बिर्सिएर खान पाइन भन्ने,

–एउटै कुरा बारम्बार दोहोर्‍याइ रहने,

–जटिल शब्दहरु सम्झन नसक्ने,

–परिवार र समाजमा खुल्न नचाहने,

–एकोहोरो भएर बस्ने,

दोस्रो चरणमा देखिने लक्षणहरु

–आफू हिडेको बाटो बिर्सने,

–सधैँ भेटिरहने परिवार भित्रैका आफन्तहरुलाई नचिन्ने,

– अरुलाई अनावश्यक शंका गर्ने,

–भर्खरै जानेका कुराहरु बिर्सने,

– ऐनामा आफ्नै अनुहार नचिन्ने,

–आफ्नै विगत बिर्सने,

– निन्द्रामा हिँड्ने,

–राम्रो, नराम्रो कुरा छुट्याउन नसक्ने,

–बेसुराका कुरा गर्ने,

–सामान्य कुरामा पनि अरुको सहयोग खोज्ने,

तेस्रो लक्षणहरु यस्ता छन्

–पहिलो र दोस्रो चरणको लक्षणहरु बढ्दै जाने,

–सामाजिक रुपमा आपत्तिजनक व्यवहार र भाषाको प्रयोग गर्ने,

–सम्वेदना हराउने,

–शरीरको तौल कम हुँदै जाने,

–परिवार, साथीहरु र आफन्तलाई नचिन्ने,

–दैनिक खान, लगाउन, नुहाउँन, बस्न अरुको साहरा चाहिने,

–खानेकुरा चपाउन तथा निल्न नसक्ने,

–ओछ्यानमा थला पर्ने,

–दिसापिसाबको नियन्त्रण नहुने र जथाभावी गर्दिने,

–अरूको बोली नबुझ्ने, बोल्न नसक्ने,

–मानसिक सन्तुलन घुमाउने ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ४९ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै