१३ लाख रुपैयाँसहित काठमाडौंबाट १ युवक पक्राउ | Khabarhub Khabarhub

१३ लाख रुपैयाँसहित काठमाडौंबाट १ युवक पक्राउ


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्रोत नखुलेको नगद रकम र केही थान चेकसहित काठमाडौंबाट १ जना युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटरमा सवार मगरसँग शंकास्पद अवस्थामा १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट विभिन्न बैंक तथा वित्तिस संस्थाका गरी ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका उमेशमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १ : २४ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना