संसदीय समितिले सरकारलाई अप्ठ्यारोमा पार्ने काम गर्नु हुँदैन– सभामुख महरा | Khabarhub Khabarhub

संसदीय समितिले सरकारलाई अप्ठ्यारोमा पार्ने काम गर्नु हुँदैन– सभामुख महरा


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।

संसदीय समितिले सरकारको काममाथि नियन्त्रण गर्ने नभई निगरानी मात्रै राख्ने भएको सभामुख महराको भनाइ थियो ।

संघीय संसद सचिवालयले सोमबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले संसदीय समितिबाट सरकारलाई अप्ठ्यारोमा पार्ने काम भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गुनासो गरेको पनि महराले सुनाए । सभामुख महराले सरकारलाई अप्ठेरो पार्ने काम नगर्न सांसद र संसदीय समितिहरुको ध्यानाकर्षण गराए ।

‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ,’ सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पार्दै भने, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौंन त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो ।’

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठीक ट्रयाकमा लैजान संविधान, नियम र कानून अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे ।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको बताए ।

संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन , निर्देशिका निर्माण भए÷नभएको कडा निगरानी राख्न पनि सभामुख महराले सांसदहरुलाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १२ : ३२ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको