निश्चल ‘पारस’ बन्ने, माधव वाग्ले निर्देशक | Khabarhub Khabarhub

निश्चल ‘पारस’ बन्ने, माधव वाग्ले निर्देशक


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता माधव वाग्लेले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘पारस’ रहने भएको छ । यो चलचित्रमा निश्चल बस्नेतलाई पारस पात्रको भूमिकामा देख्न सकिनेछ ।

यही फिल्मबाट वाग्लेले निर्माताबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले यो फिल्म लेख्न प्रदीप भारद्वाजलाई जिम्मा दिएका छन् । लामो समयदेखि निर्माणका कारण चर्चामा रहेको फिल्ममा निश्चल बस्नेत हुने पक्का भए पनि अन्य कलाकार भने छनोट हुन बाँकी छ ।

चलचित्रलाई ‘द अनलक्की म्यान’ भनिएको छ । यसको अर्थ फिल्ममा एक अभागी युवकको कथा हुनेछ ।

निर्माता वाग्लेले यो फिल्मको रिलिज मिति आउँदो चैत्र २८ गते घोषणा गरेका छन् । यही मितिमा चलचित्र ‘प्रेम गीत ३’ पनि रिलिज हुने चर्चा छ ।

योसँगै नयाँ वर्षको छेकोमा नेपाली चलचित्रको ठूलै भिडन्त हुने पक्काजस्तै भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ३९ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट