मलेसियाको नयाँ भिसा प्रमाणीकरण मंगलबारदेखि | Khabarhub Khabarhub

मलेसियाको नयाँ भिसा प्रमाणीकरण मंगलबारदेखि


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको हकमा नयाँ श्रम स्वीकृति लिनका लागि मलेसियास्थित नेपाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरण शुरु गर्ने भएको छ ।

आइतबार र सोमबार क्वालालमपुरस्थित नेपाली दूतावास बन्द हुने भएको हुँदा मंगलबारदेखि मागपत्र प्रमाणीकरणको काम शुरु गर्न लागिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार औपचारिक रुपमा सूचना निकालेपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरणको कार्य भने शुरु गरिसकेको जानकारी दिएको छ । मन्त्रालयले आइतवारदेखि नयाँ श्रम स्वीकृति जारी गर्ने विषयमा सम्बन्धित निकायलाई सूचनामार्फत जानकारी गराइएको जनाएको छ ।

सेक्युरिटी गार्ड, कम्पनी, उद्योग, होटल र अन्य कम्पनीमा मलेसियाबाट ठूलो संख्यामा नेपाली कामदारका लागि माग आउने रोजगार व्यवसायीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ४६ बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति