हङ्‌कङमा हिंसात्मक झडपः प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार | Khabarhub Khabarhub

हङ्‌कङमा हिंसात्मक झडपः प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङमा जारी प्रदर्शनले उग्र रुप लिएको छ ।

आइतबार दिनभर प्रदर्शनकारीले प्रदर्शन गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भए । आइतबार राति पनि प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएको जनाइएको छ ।

दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो। मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए ।

आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए, अवरोधहरू तेर्स्याएका थिए र एउटा रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए । केही प्रदर्शनकारीले ब्रिटिश कन्सुलेटबाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए।

निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौँ लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको थियो।

सैयौँको सङ्ख्यामा प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए।

यसै महिनाको शुरूमा उक्त विधेयक फिर्ता लिइएको थियो। तर आन्दोलनकारीहरूले पूर्ण लोकतन्त्रको बहाली हुनुपर्ने र प्रहरी दमनबारे अनुसन्धान गरिनुपर्ने माग गरिरहेका छन्।

समाचारहरूमा जनाइए अनुसार केही प्रदर्शनकारीले चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर रहेका प्रहरीमाथि इँटा प्रहार गरेको जनाएका छन्।

उक्त सैन्य इलाका हङ्‌कङको संसद्‌ भवन र सरकारी कार्यलयहरूनजिकै अवस्थित रहेको छ। उनीहरूले जनगणतन्त्र चीन स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गरिएको एउटा ब्यानरमा पनि आगो लगाइदिएको रोयर्टस समाचार संस्थाले जनाएको छ।

पेट्रोल बम प्रहार गरिएपछि एउटा पानीको फोहरा फ्याक्ने ट्रकमा आगो लागेको रोयटर्सले जनाएको छ। आन्दोलन भएका विश्वका अरू ठाउँमा पनि विगतमा प्रयोग गरिएको र पछि प्रदर्शनकारीलाई पहिचान गर्न मिल्ने किसिमको पानी अर्को फोहरामार्फत्‌ प्रहार गरिएको थियो।

प्रदर्शनमा सहभागी केहीले हङ्‌कङलाई स्वतन्त्र बनाउन मद्दत गर्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : १९ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको