बिआरआईको सदुपयोग गर्नुपर्छ : नेता नेपाल | Khabarhub Khabarhub

बिआरआईको सदुपयोग गर्नुपर्छ : नेता नेपाल


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)को नेपालले सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठनले आइतवार आयोजना गरेको बिआरआईसम्बन्धी सम्वादको समापानमा नेता नेपालले उक्त परियोजना बहुआयामिक भएकाले नेपाल जस्तो समृद्धिको यात्रामा उन्मुख भएको मुलुकले त्यसबाट आर्थिक लाभ लिन सक्ने बताए ।

उनले भने, “यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा सरकारले आवश्यकताको पहिचानका लागि अध्ययन गरी स्पष्ट खाका बनाउनुपर्छ, यसबारे उठेका जटिल विषयवस्तु भएमा व्यापक अन्तक्र्रिया गरेर टुङ्गोमा पुग्नुपर्छ ।”

उनले विश्वव्यापीकरणको वर्तमान युगमा बिआरआईजस्ता पहलबाट नेपाल विमुख हुन नहुने र यसबाट हुन सक्ने पूर्वाधार विकासका लागि आवश्यक प्रक्रिया थाल्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ०७ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट