मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहार खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिः सचिवालय | Khabarhub Khabarhub

मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहार खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिः सचिवालय


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री योगेश भट्टराईमाथि शनिबार नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहार र त्यसपछि आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंद्वारा जारी विज्ञप्तिमा घटना र त्यसपछि संलग्न समूहका सदस्यले व्यक्त गरेको विचारप्रति गम्भीर आपत्ति भएको उल्लेख छ ।

बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुन शनिबार टीकापुर पुगेका मन्त्री भट्टराई सोही दिन बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौँ फर्किने पूर्वनिर्धारित तालिका थियो । भोलिपल्ट प्रतिनिधिसभामा मन्त्रालयका बारेमा सांसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौँ फर्किनुपर्ने दबाबमा मन्त्री रहेको बताइएको छ ।

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बोर्डिङ भएका यात्रुमध्ये एक उच्छृङ्खल समूहले हुलका साथ जहाजबाट बाहिर निस्केर गालीगलोज गर्दै मन्त्री भट्टराई पुगेलगत्तै अपशब्द प्रयोग गरिएको उल्लेख छ ।

मन्त्री भट्टराइले उच्छृङ्खल समूहलाई कुनै उत्तर नदिए पनि अन्य यात्रुलाई आफ्ना कारण परेको असुविधाप्रति क्षमा मागिएको विज्ञप्तिमा उल्लेख छ । उक्त समूहले जहाजभित्र गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको सचिवालयले ठहर गर्दै नियोजित घटनाको भर्त्सनासमेत गरेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ३० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द