कश्मीरमा पनि प्रतिबन्ध खुकुलो | Khabarhub Khabarhub

कश्मीरमा पनि प्रतिबन्ध खुकुलो


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– केही दिनयता भारत प्रशासित कश्मीरमा लगाइएको प्रतिबन्ध खुकुलो पारिएको छ । सरकारको निर्णयसँगै कश्मीरमा स्थानीयलाई हिँडडुलका लागि सहज भएको बताइएको छ ।

प्रहरीका अनुसार शुक्रबारसम्म फोन र इन्टरनेट सेवा भने अझै पूर्ण रुपमा संचालन हुन दिइएको छैन । तर यसलाई विस्तारै सहज बनाउने तयारी भइरहेको छ । राजयलाई केन्द्रीय सरकार मातहत नै ल्याउने निर्णय भएपछि त्यस क्षेत्रमा हिंसा भड्कीन सक्ने आशंका गरेर कश्मीरमा संचार सेवादेखि प्रदर्शन गर्न नपाईने लगायतका कानुनहरु लागू गरिएको थियो ।

काश्मिरमा अहिले दशौँ हजार थप सुरक्षाकर्मीहरु खटाइएको छ । पाँच लाखभन्दा बढी सुरक्षाकर्मी यसअघि नै रहेका थिए । हिन्दुहरुको बाहुल्यता रहेको जम्मुमा भने तुलनात्मक रुपमा धेरै शान्त रहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले निषेधात्मक कानुनहरु विस्तारै खुकुलो पारिदै लगिने र जनजीवन सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ९ : २२ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित