चितवनमा प्रहरी र रवीका समर्थकबीच झडप, ५ प्रहरी घाइते | Khabarhub Khabarhub

चितवनमा प्रहरी र रवीका समर्थकबीच झडप, ५ प्रहरी घाइते


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका छन् ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रूग्यास प्रहार गरेको जनाइएको छ ।

रवी लामिछानेका समर्थकले पाल टाँगेर प्रहरी कार्यालय अगाडि बस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हटाउनका लागि बल प्रयोग गर्दा झडप भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीतर्फ भएको मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । साँझसम्म रवी लामिछानेका समर्थकहरुले जिप्रका नछाडेपछि अश्रुग्यास प्रहार गरिएको बताइएको छ । उनका समर्थकले दिनभरजसो जिप्रका अगाडि नाराबाजीसहित प्रदर्शन गरी तोडफोडको प्रयास समेत गरेका थिए ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा जिल्ला अदालत चितवनले अनुसन्धानका रवी लामिछानेसहित तीन जनालाई ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतमा लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ३१ बजे

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६