वामदेव कसरी बने नेकपामा शक्तिशाली ? | Khabarhub Khabarhub

वामदेव कसरी बने नेकपामा शक्तिशाली ?


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वयले वामदेवलाई उपाध्यक्ष बनाउन पद श्रृजना गर्ने प्रस्ताव राखेका हुन् । अध्यक्षद्वयको प्रस्ताव कसैले पनि फरक मत राखेका छैनन् । यद्दपी उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुनुपर्ने छ ।

निर्वाचनदेखि नै ओलीसँग दूरी बढाएका नेता गौतम अध्यक्ष ओली सिंगापुर जानु अघि नजिकिएका थिए । भेटमा विश्वासको सम्बन्ध बनेपछि सिंगापुरबाट फर्किएका ओलीलाई स्वागत गर्न नेता गौतम विमानस्थल पुगेका थिए ।

सचिवालय बैठकले वामदेवलाई संगठन विभागको जिम्मेवारी समेत दिइसकेको अवस्थामा वामदेव अव ओली र प्रचण्डपछि नेकपामा तेस्रो शक्तिशाली नेता बनेका छन् ।

वरिष्ठ नेता माधव नेपालसँग दोस्रो वरियता बाहेक परराष्ट्र विभाग मात्र छ भने अर्का वरिष्ठ नेता झलनाथ खनालसँग नीति तथा अध्ययन विभाग मात्र छ । त्यसैले सबैभन्दा शक्तिशाली मानिने विभागसहित उपाध्यक्षसमेत बनाउने प्रस्ताव गरेपछि गौतम अध्यक्षद्वय भन्दा शक्तिशाली नेता बन्ने भएका हुन् ।

मनदन भण्डारीलेसमेत ‘वामदेव नभए पार्टी लुलो हुन्छ’ भनेका गौतमले संगठन विभागको जिम्मेवारी पाएसँगै पार्टीमा उनको प्रभाव बढ्ने आकलन भइरहेको बेला उपाध्यक्षकोसमेत जिम्मेवारी पाउने भएपछि उनी थप शक्तिशाली बन्ने निश्चित छ ।

कसरी बने शक्तिशाली ?

तत्कालिन नेकपा एमालेको संसदीय दलको नेता हुँदै नवौं महाधिवेशनमा ओलीलाई जिताउन वामदेव गौतमले महत्वपूर्ण खेलेका थिए ।
२०७४ को चुनावमा बर्दियाबाट पराजित भएपछि उनी पार्टी संस्थापन पक्षसँग टाढिएका थिए । पार्टी संस्थापनले नै असहयोग गरेर चुनावमा पराजित भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

पूर्व एमाले र माओवादी केन्द्रबीचको एकताको क्रममा भूमिका खेलेका नेता गौतमले एकतापछि महत्वपूर्ण भूमिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

पार्टीका बैठकहरुमा गौतमले अध्यक्षले शक्ति आफूमा लिएको भन्दै शक्ति बाँडफाँट हुनुपर्ने बताउँदै आएका थिए । एक जना अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी चलाउनुपर्ने उनको भनाइ थियो ।

उनले यस्तो प्रस्ताव स्थायी समिति बैठकमा राखेपछि ओलीले संगठन विभागमा रामबहादुर थापालाई अघि सारेका थिए । नेता गौतमले उक्त प्रस्ताव अर्का अध्यक्ष प्रचण्डको इच्छामा पेश गरेको ओलीको बुझाइ थियो । पार्टीमा अल्पमतमा पर्दै गएपछि ओलीले गौतमलाई पुन संगठन विभागमा अघि सारेका विश्लेषकको भनाइ छ ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलका अनुसार एक व्यक्ति एक पद लगायतका विषय गौतमले उठान गरेका कारण त्यसको व्यवस्थापन गर्न नेकपाका अध्यक्षद्वयले वामदेवलाई स्थान दिएको हुन सक्छ ।

नेता गौतम पछिल्लो समय अर्का अध्यक्ष प्रचण्डसँग नजिकिँदै गएपछि उनलाई जिम्मेवारी दिइ आफ्नो पक्षमा पार्न ओलीलाई दवाव परेको थियो ।

विगतमा एमालेको गुट चलाउँदै आएका गौतम पछिल्लो समय माओवादी पक्षकासमेत रुचिका पात्र बनेका थिए । कहिले केपी ओली त कहिले प्रचण्ड तिर नजिक हुने गरेका वामदेवलाई पार्टी एकतापछिको संगठनलाई सन्तुलित रुपमा चलाउन भने चुनौती देखिन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ५ : ५३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन