राखी सावन्तले गल्तीले शेयर गरिन् हनिमुनको तस्वीर, चश्मामा देखिए पति | Khabarhub Khabarhub

राखी सावन्तले गल्तीले शेयर गरिन् हनिमुनको तस्वीर, चश्मामा देखिए पति


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी ड्रामा क्वीन भनिने राखी सावन्त पछिल्लो समय अर्को नाटकका कारण चर्चामा छिन् । राखीले केही समयअघि बिहे गरेकी थिइन् तर आफ्नो बिहेका बारे दुनियाँलाई सेक्रेट राखेकी छिन् ।

उनले आफ्ना पतिको अनुहार सार्वजनिक नगरेका कारण पनि धेरैले राखीको बिहे भएको कुरालाई झूठ मानिरहेका थिए । तर, उनले शेयर गरेको हनिमुनवाला तस्वीरमा उनका पति पनि देखिए ।

खासमा राखीले तस्वीरमा चश्मा लगाएकी छिन् । तस्वीर लिँदा कालो चश्मामा उनका पति देखिएका छन् । उक्त तस्वीरमा पतिको अनुहार राम्रोसँग त देखिन्न तर भारतीय मिडियाले के अड्कल काटेका छन् भने उनी आफ्ना पतिसँग हनिमुनमा निस्केकी छिन् ।

राखीले सामाजिक सञ्जालमा लेखेकी छिन्, मेरा हनिमुन तस्वीर, मेरा पति बेस्ट है, मैले उनलाई माया गर्छु ।

यसअघि पनि राखीसँग पतिको तस्वीर देखाउन फ्यानले अनुरोध गरेका थिए । तर राखीले बिहेपछि पतिका कुनै पनि तस्वीर शेयर गरेकी छैनिन् । यसबारेमा राखीले भनेकी छिन् कि, पति क्यामेरामा आउनै चाहँदैनन् ।

राखीले २८ जुलाईमा बिहे गरेकी थिइन् । तर, एक डरका कारण उनले यो कुरालाई कतै पनि सार्वजनिक गरेनन् । डर, यो थियो कि, राखीको बिहेको खबरले उनलाई फिल्मबाट अफर नै नआउन सक्छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : ३४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६