रेमिट्यान्स आउने मुलुकबारे सरकारलाई नै थाहा छैन | Khabarhub Khabarhub

रेमिट्यान्स आउने मुलुकबारे सरकारलाई नै थाहा छैन


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो । वैदेशिक रोजगारीका लागि सरकारले व्यक्तिगततर्फ १ सय ७२ देशका लागि स्वीकृती प्रदान गर्ने गरेको छ । त्यस बाहेकका देशमा काम गर्न जाने नेपालीलाई नेपाल सरकारले भिसा र काम गर्ने अनुमति दिँदैन तर, नेपालमा भने १ सय ८९ देशबाट रेमिट्यान्स भित्रिने गरेको छ । राष्ट्र बैकको तंथ्याक अनुसार गत आर्थिक वर्षमा नेपाल १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड ४१ लाख ९८ हजार ८ सय ६ रुपैयाँ रेमिट्न्यान्स भित्रिएको थियो ।

गत आर्थिक वर्षमा सवैभन्दा धेरै रेमिट्यान्स अमेरिका हुँदै नेपाल भित्रिएको बैकको तंथ्याकमा छ । अमेरिकाबाट १ खर्ब ८६ अर्ब २३ करोड ६२ लाख ४६ हजार ३ सय ९ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । भने, सवैभन्दा कम सोलोमोन आइल्याण्डबाट (४३.७८ अमेरिकी डलर) ४ हजार ९ सय ९७ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा १ सय ८४ देशबाट रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षमा ५ वटा देशबाट थपिएर रेमिट्यान्स नेपाल आएको तंथ्याकमा छ । विगत केही वर्षदेखि नयाँ देशबाट रेमिट्यान्स आउने क्रम बढेको बैकले जनाएको छ ।

सरकारले १ सय ७२ देशका लागि व्यक्तिगत श्रम स्वीकृति जारी गदै आएको छ । सरकारले श्रम स्वीकृति जारी गरेको भन्दा १७ वटा धेरै देशबाट नेपाल रेमिट्यान्स आउने गरेको छ । भने, अध्यागमन विभागका अनुसार करिब १ सय २० वटा देशका लागि मात्र भिसा लिएर अन्य काम नेपाली जाने गरेको जनाएको छ ।

एउटा देशको श्रम स्वीकृति लिएर गएका कामदार रोजगारदाता कम्पनीले अर्को देश काम गर्ने पुर्‍याउने गरेको पनि पाइएका छ । जसका कारण उनीहरु रोजगारीमा कार्यरत देशबाट नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् ।

रेमिट्यान्स नेपाल भित्रिएको आधार मान्ने हो भने रोजगारीको खोजी र अन्य पेशा व्यवसायमा नेपाली नागरिक १ सय ८९ देश पुगेको हुनसक्ने राष्ट्र बैकका प्रवत्ता लक्ष्मीपन्ना निरौलाले बताएका छन् । ‘रेमिट्यान्स नेपाल पठाउन सवै नागरिक नेपाली नै हुन भन्न सकिदैन् । विदेशीबाट धेरै रेमिट्यान्स परिवारका नाममा आँउने गरेको छ,’ प्रवत्ता निरौलाले भने, ‘विदेशमा रहेका नेपाली पठाएको रेमिट्यान्सलाई नै आधार मान्ने हो भने ठुलो संख्या विदशी भुमिमा छन् । उनीहरु रोजगारीको अवसर खोज्दै र अन्य कामका लागि पुगेका होलान ।’

वैदेशिक रोजगारी अथवा अन्य काममा गएका नेपालीले पठाउने रेमिट्यान्स पठाउने क्रम बढेसँगै नेपाली नागरिक रोजगारीको खोजी र अन्य पेशा व्यवसाय गर्न नयाँनयाँ देश पनि पुग्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार ५ वर्षअघिको तुलनामा अघिल्लो आर्थिक बर्षदेखि रेमिट्यान्स भित्रने क्रम ३३.४ प्रतिशतले बृद्धि भएको छ । कुल ग्रहस्थ उत्पादनमा गत आर्थिक वर्षको रेमिट्यान्सको योगदान २९ प्रतिशत रहेको बैंकले जनाएको छ । हाल रोजगारीका लागि करिब ३७ लाख नेपाली विदेशी भूमिमा कार्यरत छन् ।

कतिपय सरकारले नै नाम नसुनेको देशबाट नेपाल रेमिट्यान्स आउने गरेको पाइन्छ । नेपाली नागरिक रोजगारको अवसर खोजी र अन्य कामका लागि नयाँ–नयाँ देश जाने गरेको श्रम तथा रोजगारविज्ञ दिपेन्द्र थापा बताउँछन् । रेमिट्यान्सका आधारमा विदेशमा रहेका नेपालीको तंथ्याक संकलन गर्न सकिने उनको भनाइ छ । सरकारले कुन देशमा कसरी नेपाली पुग्छन् भनेर रेमिट्यान्स आएको देशसँग समन्वयन गर्नुपर्ने विज्ञ थापाको सुझाव छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा संस्थागत (म्यानपावर कम्पनी)मार्फत १ सय १० देश र व्यक्तिगततर्फ १ सय ७२ देशमा श्रम स्वीकृति जारी गदै आएको छ । नेपालबाट रोजगारीको खोजीमा वार्षिक विभिन्न ६ नयाँ देश जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । पछिल्लो समय नेपाली रोजगारीका लागि नयाँ देश र स्थानमा पुग्ने गरेका छन् । एउटा देशको श्रम स्वीकृति लिएर गएका कामदार रोजगारदाता कम्पनीले अर्को देश काम गर्ने पुर्‍याउने गरेको पनि पाइएका छ । जसका कारण उनीहरु रोजगारीमा कार्यरत देशबाट नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ०१ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा