मेस्सीले स्पेनिस लिगको पहिलो खेल खेल्न नपाउने | Khabarhub Khabarhub

मेस्सीले स्पेनिस लिगको पहिलो खेल खेल्न नपाउने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विजेता बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस लिगको पहिलो खेल गुमाउने भएका छन् । शुक्रबार क्याटलान क्लबले ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिल्वाओसंग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेस्सीलाई लिएर आफुले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन । अर्जेन्टिनी स्टारले टिम भन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका छन् । उनी पिँडुलाको चोटबाट निको हुने प्रयास गरिरहेका हुन् ।

मेस्सी कोपा अमेरिकामा व्यस्त भएका कारण उनी अगष्टमा नियमित अभ्यासमा आउन सकेनन् । तर प्रि–सिजन टूर अघि उनले अभ्यासको क्रममा चोट बोकेका थिए । बार्सिलोनाका कप्तान मेस्सीले अमेरिका टूर गुमाएका थिए । उनले नापोलीविरुद्वको दुई मैत्रीपूर्ण खेल गुमाएका थिए । क्लबले शुक्रबार हुने पहिलो लिग खेलमा मेस्सी नहुने प्रष्ट पारेको छ ।

प्रशिक्षक भाल्भर्डेले ला लिगाको उपाधि रक्षामा मेस्सीलाई लिएर कुनै जोखिम नलिएको प्रष्ट पारे ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ०३ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा