मुलुकमा लगानीको वातावरण बन्दैः गभर्नर नेपाल | Khabarhub Khabarhub

मुलुकमा लगानीको वातावरण बन्दैः गभर्नर नेपाल


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् ।

एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको उद्घाटन गर्र्दै गभर्नर नेपालले देश आर्थिक रुपान्तरणको बाटोमा अघि बढेको बताए ।
उनले नेपालमा उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको तर्क गरे । सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएको र वित्तीय साक्षरता र वित्तीय पहुँच पनि बढ्दै गएको भन्दै यसले आर्थिक गतिविधि बढउनका साथै वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महत्वपूर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भूमिका महत्व हुने उल्लेख गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : २२ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण