ज्योतिषका संघ–संस्थाको आग्रह– मनगढन्ते फलादेशको पछि नलाग्नुहोस् « Khabarhub

ज्योतिषका संघ–संस्थाको आग्रह– मनगढन्ते फलादेशको पछि नलाग्नुहोस्


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिष सम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् ।

विश्व ज्योतिष महासङ्घ, दक्षिण एशियाली ज्योतिष महासङ्घ र नेपाल ज्योतिष परिषद्ले संयुक्तरुपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो ।

ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्यातिषको अनुभव भन्दा फरक किशिमले फलादेशबारे प्रचार–प्रसार गरिएको पाइएको अनुगमन समिति संयोजक एवं वाल्मीकि विद्यापीठ ज्योतिष विषयका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले बताए ।

यस्तो विज्ञापन केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत फैलिएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिबाट जोगिन सर्वसाधारणलाई सुझाव दिए । साथै शास्त्रीय मर्यादा विपरीत प्रचार–प्रसार गरी जनतालाई भ्रममा पार्न खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनसमेत समितिले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : ०६ बजे

माओवादी स्थायी कमिटी बैठक बस्दै : पदाधिकारी टुंगो लगाउने

काठमाडौं- पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको

शुक्रबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं – शुक्रबार बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ

वेस्ट इन्डिजविरुद्ध भारत १० विकेटले विजयी

काठमाडौं– जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति

ब्याडमिन्टन टोली भारत जाँदै

काठमाडौं– भरतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन

‘गर्भवतीले पहिलो तीन महिना फोलिक एसिड सेवन गर्नुपर्छ’

आजभोलि धेरै खानेकुरालाई अतिरिक्त पोषण तत्त्व थप गरेको पाइन्छ ।