नारायण मुग्लिन सडक : भासिएको ७ ठाउँमा भौगर्भिक अध्ययन | Khabarhub Khabarhub

नारायण मुग्लिन सडक : भासिएको ७ ठाउँमा भौगर्भिक अध्ययन


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न क्षेत्रमा भासिएको सडकको अवस्था बुझ्न भौगर्भिक अध्ययन सुरु गरिएको छ ।

भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर शिव खनालले जानकारी दिए । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ ।

भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महिनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ ।

धमाधम पुल बन्दै

नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन ४ पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण दू्रतगतिमा अघि बढेको छ ।

सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन। १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै सुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १२ : ४२ बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।