चेम्बरको टोली ‘बंगाल ट्रेड एशोसिएसन’ सम्मेलनमा सहभागी | Khabarhub Khabarhub

चेम्बरको टोली ‘बंगाल ट्रेड एशोसिएसन’ सम्मेलनमा सहभागी


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शको औद्योगिक एंव व्यापारिक प्रतिनिधीमण्ड कन्फिडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन, इष्टर्न इण्डिया ट्रेड समीटमा सहभागी भएको छ ।

भारतमा जारी सम्मेलनमा चेम्बरको ३८ सदस्यीय औद्योगिक तथा व्यापारिक प्रतिनिधिमण्डल सहभागिता जनाएको हो । नेपाल चेम्बरले सो संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि नियमित रुपमा शिखर सम्मेलन, मेला/प्रर्दशनीमा सहभागिता जनाउँदै आएको छ । उद्यमी / व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने सम्मेलनका प्रमुख उद्देश्य रहेका छन् ।

दुई दिने जुलाईमा भएको सो शिखर सम्मलेन र मेलामा नेपाल चेम्बर सपोर्टिङ्ग पार्टनरको रुपमा सहभागी भएको हो । सम्मेलनमा सहभागि नेपाल चेम्बरका प्रतिनिधिले नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि व्यापार, कारोबार र आर्थिक वृद्धिमा थप परिमार्जन हुने अपेक्षा गरिएको छ ।

सो प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्शका पदाधिकारीहरु, उद्यमी व्यवशायीहरुको सहभागीता रहेको छ । सहभागी उद्यमीहरु कृषि, बैंक तथा वित्तिय, तयारी पोशाक, गरगहना, मिनिरल वाटर, उत्पादन क्षेत्रसँग सम्बद्ध रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन