चित्तलको छाला र मासुसहित १ जना पक्राउ | Khabarhub Khabarhub

चित्तलको छाला र मासुसहित १ जना पक्राउ


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया प्रहरीले दुर्लभ वन्यजन्तु चित्तलको छाला र मासुसहित १ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट सोही ठाउँ बस्ने श्यामलाल थारु चित्तलको छाला र मासुसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार थारुको साथबाट चित्तलको छाला १ थान र १० किलो मासु फेला परेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।

थारुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ४३ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै