दयाहाङ राईको ‘आप्पा’ ले कति कमाइ गर्‍यो ? | Khabarhub Khabarhub

दयाहाङ राईको ‘आप्पा’ ले कति कमाइ गर्‍यो ?


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले दर्शकको औसत प्रतिक्रिया पाइरहेको छ । यो फिल्म नेपालसहित भारतका केही सिनेमा घरमा पनि रिलिज भएको थियो ।

यो फिल्मले तेस्रो हप्तासम्म आइपुग्दा १ करोड ३० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको वितरण कम्पनी स्टेशन फाइभले जनाएको छ ।

निर्देशनको दाबीलाई आधार मान्ने हो भने यो फिल्मले भारतका २५ वटा सिनेमा हलबाट १ करोड ८८ लाख भारु (नेपाली ३ करोड ९७ हजार) रुपैयाँ कलेक्सन गरेको छ ।

यो आँकडालाई भने विश्वसनीय मानिएको छैन ।

फिल्मका निर्देशक अनमोल गुरङका अनुसार यो फिल्मले पहिलो सातामा राम्रो प्रदर्शन गरेको छ । फिल्मले मल्टिप्लेक्स हलमा अहिले पनि केही शो पाएको छ ।

बाबुछोराको सम्बन्धलाई देखाइएको यो फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्मलाई अनमोल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।

दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्म अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : २३ बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने