आइसीसी बरियतामा नेपाल १५ औं स्थानमा यथावत | Khabarhub Khabarhub

आइसीसी बरियतामा नेपाल १५ औं स्थानमा यथावत


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अखाईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाल यसअघिकै वरियतामा यथावत रहेको छ ।

सोमबार सार्वजनिक नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहँदा शीर्ष स्थानको भारत दोस्रो स्थानमा झरेको छ । आइतबार राति विश्वकप क्रिकेट समापन भएसँग आइैसीसीले नयाँ वरियता सार्वजनिक गरेको हो ।

जसमा शीर्ष स्थानमा विश्व विजेता इंग्ल्यान्ड दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा विश्वकपको उपविजेता टोली न्युजिल्यान्ड, चौथो स्थानमा अस्ट्रेलिया रहँदा पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेको छ । असार १२ गते सार्वजनिक भएको आईसीसी वरियतामा त्यसअघि १४ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको थियो ।

तर, पछिल्लो समय अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्न नपाएको नेपाल अन्य देशको वरियता घटबढ हुँदा पछि परेको थियो । यस्तै, टि–२० वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०