सरकार र विप्लव समूहबीच आज वार्ता « Khabarhub

सरकार र विप्लव समूहबीच आज वार्ता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकार र सरकारद्वारा प्रतिबन्धित दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (मंगलबार) वार्ता हुँदैछ । वार्ताका लागि बाँकेको नेपालगञ्ज क्षेत्र तोकिएपनि वार्तास्थल खुलाइएको छैन ।

वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्ने गरी वार्ता गर्न पाण्डे नेतृत्वको टोलीलाई नेपालगञ्ज पठाएका हुन् ।

विप्लव समूहबाट वार्तामा सहभागी हुने नेताहरुको नाम भने खुलाइएको छैन । विप्लवसमूहकै अनुरोधमा उनीहरुको नाम गोप्य राखिएको हो ।
यसअघि आइतबार पनि विप्लवका केही नेताहरुसँग छलफल भएको थियो । छलफल सकारात्मक भएपछि निर्णायक वार्ताका लागि सरकार र विप्लवका नेताहरु जुटेका हुन् ।

विप्लव समूहका एक नेताका अनुसार चार सर्त पूरा गर्ने सहमतिपछि वार्ता प्रक्रिया अघि बढ्ने बताएका छन् ।

उनका अनुसार सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने विषय पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइको माग गरिएको छ ।

विप्लव समूहमाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता लिनुपर्ने र प्रहरीले उच्च निगरानीका साथ खोजी रहेका नेता तथा कार्यकर्ताको खोजीकार्य आजैका दिनदेखि बन्द गर्नुपर्नेलगायतका माग छन् । आफ्ना मागहरु सम्बोधन भएमात्र वार्ता प्रक्रिया अघि बढ्ने विप्लव समूहका नेताको दाबी छ।

आजको वार्ता निर्णायक हुने सरकारी वार्ता टोलीको दाबी छ । वार्ताका लागि बिहान ९ बजेको समय तय गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ३४ बजे

खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काभ्रेपलाञ्चोक – जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी

‘बालेनहरूको जितले राजनीतिक दल संकटमा पर्छन्’

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले लोकप्रिय मत ल्याएपछि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्थानीय तह निर्वाचन : सर्लाहीको बरहथवा–१७ मा मतदान जारी 

सर्लाही – गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको

भरतपुरमा रेणु ५९ मतले अगाडि, पछ्याउँदै विजय

चितवन – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता