भारतले अमेरिकी सामानको आयातमा भन्सार बढायो | Khabarhub Khabarhub

भारतले अमेरिकी सामानको आयातमा भन्सार बढायो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकाले भारतीय सामानको आयातमा दिँदै आएको ग्राह्यता बन्द गरेको बदलामा भारतले २८ किसिमका अमेरिकी सामानको आयातमा कर बढाउने घोषणा गरेको छ ।

आइतबारबाट लागू हुनेगरी भारतले २८ किसिमका अमेरिकी सामानको आयातमा कर बढाउने घोषणा गरेको हो । भारत सरकारले जारी गरेको सूचनामा अमेरिकी सामानको आयातमा कर बढाउने जनाइएको छ । यी सामानको सूचीमा अधिकांश कृषि उपज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत जुन ५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानहरुलाई दिँदै आएको जेनेरलाइज सिस्टम अफ प्रिफरेन्स जीएसपी नामक ग्राह्यता बन्द गर्ने घोषणा गरेका थिए । जीएसपी अन्तर्गत अमेरिकाले ५ अर्ब ६० करोड अमेरिकी डलर बराबरका भारतीय सामानलाई विशेष ग्राह्यता दिँदै आएको थियो ।

भारत सरकारको सूचनामा ट्रम्पको उक्त घोषणालाई ‘दुर्भाग्यपूर्ण’ कदमको संज्ञा दिँदै आफ्नो राष्ट्रिय हीतलाई कायम राख्न यस्तो कदम चालिएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जी२० सम्मेलनमा जापानको ओसाकामा भेटवार्ता हुनुअघि भारतले अमेरिकी सामानमा भन्सार बढाएको हो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : २९ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश