माउरिजियो सारी तीन वर्षका लागि युभेन्टसमा | Khabarhub Khabarhub

माउरिजियो सारी तीन वर्षका लागि युभेन्टसमा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक माउरिजियो सारी इटालियन सिरी ‘ए’ को च्याम्पियन युभेन्टसको प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार सारीलाई आधिकारीक रुपमा युभेन्ट्सको प्रशिक्षकमा युभेन्टसले नियुक्त गरेको अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेको छ । सारीले युभेन्ट्ससँग ३ वर्षको सम्झौता गरेर क्लबमा आवद्ध भएका हुन् ।

नापोलीबाट जुलाई २०१८ मा चेल्सी आएका सारीले इंग्लिस क्लबलाई प्रिमियर लिगमा तेस्रो स्थानसम्म पुर्याएका थिए भने एक वर्ष इन्चार्ज भएका उनले युरोपा लिगको उपाधि जिताउन समेत महत्वपूर्ण भूमिका निभाएका थिए ।

६० वर्षीय सारीलाई प्रशिक्षक लागि दुवै क्लबले आपसी समझदारीमा हस्ताक्षर गरेको जनाइए पनि कति रकममा उनलाई आवद्ध गरिएको हो भन्ने खुलाइएको छैन ।  युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले गएको सिजनको समाप्तिसँगै क्लब छाडेपछि सारीलाई क्लबले भित्र्याएको हो । गएको जुलाईमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो पनि युभेन्टस पुगेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०