प्रमुख जिल्ला अधिकारीले 'धम्की दिएपछि' सामूहिक बिदा लिएर हिँडे डडेल्धुराका चिकित्सक | Khabarhub Khabarhub

प्रमुख जिल्ला अधिकारीले ‘धम्की दिएपछि’ सामूहिक बिदा लिएर हिँडे डडेल्धुराका चिकित्सक


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेलधुरा अस्पतालका ११ जना डाक्टरले सामूहिक रुपमा बिदा मागेका छन् ।

जेठ ३१ गते अमरगढी नगरपालिकाकी २५ वर्षीया गीता ताम्राकारको उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् । उपचारमा लापरवाही गरेको भन्दै उनीहरु चिकित्सक विरुद्ध उत्रिएपछि चिकित्कहरु सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण गराउँदा प्रमूख जिल्ला अधिकारीले नै समस्या समाधान नगरेको चिकित्सकहरुको आरोप छ ।

प्रमूख जिल्ला आधिकारीले नै समस्या समाधान नगरी आफूहरुलाई डर र धम्कि दिएर गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै डडेल्धुराको अवस्था सामान्य नभएसम्म अस्पतालमा नफर्कने चेतावनी दिएका छन् । चिकित्सकहरुले सुरक्षा माग गर्दै सामूहिक बिदाको माग गरेका छन् ।

चिकित्सकहरुले आज अस्पताल प्रशासनमा सामूहिक बिदाको पत्र बुझाएर हिँडेका छन् ।

डडेल्धुरा अस्पतालका डाक्टर ललित सुरी, डा उत्तम भट्ट, डा पदम नेपाली, डा अमृत अधिकारी, डा सुभास लामिछाने, डा विकास दुवाडी, डा विभव बस्याल, डा नरेश श्रेष्ठ, डा सृजना अधिकारी डा सिर्जना महर्जन र डा डवल बुडाले सामुहिक विदा मागेका हुन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : २७ बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको