यसकारण बढ्यो काठमाडौंमा गर्मी « Khabarhub

यसकारण बढ्यो काठमाडौंमा गर्मी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — शनिवारदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । मौसमी प्रणाली बंगालको खाडी आसपासमा रोकिएपछि मनसुन आउन ढिलाइ भइरहेको छ जसका कारण गर्मी बढेको छ ।

जलवाष्पयुक्त वायु बंगालको खाडीबाट नआएका कारण वायुको प्रवाह कम भएको र बादल लाग्न नसक्दा वर्षा पनि नभएको र त्यसका कारण गर्मी बढेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार मनसुन बंगालको खाडी छेउछाउमै अड्किएको छ । यो प्रणाली उत्तर तिर सर्दै आउनु पर्नेमा उतै रोकिएको अर्यालले बताए ।
त्यस्तै पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको उनको भनाइ छ ।

काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीनरचार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

शनिवार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको थियो ।

सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ३७ बजे

नागरिकताकाे दुरुपयोग गर्ने तीन जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी

 ‘ट्रान्सफर स्टेसन’ को फोहर व्यवस्थापन

काठमाडौँ– विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको

चीनमा बाढीको बितण्डा : १६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

बेइजिङ- चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी

स्वदेशमै उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट

स्थानीय पूर्वाधार विकास विभागको नाम परिवर्तन गर्ने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौँ– सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिना औचित्य