अमेरिकाले रुसी विद्युतीय ग्रिडलाई लक्षित गरी साइबर आक्रमणलाई तीब्र पारेको खुलासा | Khabarhub Khabarhub

अमेरिकाले रुसी विद्युतीय ग्रिडलाई लक्षित गरी साइबर आक्रमणलाई तीब्र पारेको खुलासा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी नै नदिई रुसी विद्युतीय उर्जा क्षेत्रलाई लक्षित गरी व्यापक साइबर आक्रमणलाई तीब्र पारेको खुलासा भएको छ ।

अमेरिकाको प्रभावशाली न्यूयोर्क टाइम्स अखबारले जनाएअनुसार अमेरिकाले रुसका महत्वपूर्ण विद्युतीय ग्रिडमा हानीकारक मलवेयर सफ्टवेयर जडान गर्ने प्रक्रियालाई तीब्र पारेको हो । यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने जानकारी गराइएको छैन ।

ट्रम्पले यसबारे सार्वजनिक टिप्पणी गर्नसक्ने वा विदेशी अधिकारीसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको भन्दै ट्रम्पलाई यसबारे जानकारी नगराइएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

रुससँगको सम्भावित द्वन्द्वका क्रममा रुसको उर्जाक्षेत्रलाई ध्वस्त पार्नका लागि यस्ता किसिमको साइबर आक्रमण गरिएको समाचारमा जनाइएको छ ।

रुसी विद्युतीय ग्रिडमा अमेरिकी साइबर आक्रमणका यसअघि सार्वजनिक भएका थिएनन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : ४३ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को