रमेश र दीपिकाको ‘ऐश्वर्या’ फोपीमा हेर्न सकिने | Khabarhub Khabarhub

रमेश र दीपिकाको ‘ऐश्वर्या’ फोपीमा हेर्न सकिने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रमेश उप्रेती र दीपिका प्रसाईंको शीर्ष भूमिका रहेको फिल्म ‘ऐश्वर्या’ मोबाइल एप फोपीमार्फत सार्वजनिक गरिएको छ । यो फिल्म गत वर्षको कार्तिक ९ गते हलमा रिलिज गरिएको थियो ।

प्रेमकथामा आधारित यो फिल्ममा प्रशान्त ताम्राकार खलनायकको भूमिकामा थिए । यस्तै फिल्ममा केकी अधिकारीको पनि भूमिका छ । एक सङ्घर्षरत मोडलले स्टार बन्न देख्ने सपना र आउने परिस्थितिलाई कथानक बनाइएको यो फिल्मले व्यावसायिक रुपमा औसत प्रतिक्रिया पाएको थियो । यही फिल्मबाट डेब्यु गरेकी दीपिका अहिले व्यस्त नायिकामा पर्छिन् भने खलनायकका रुपमा देखिएका प्रशान्तका हातमा पनि थुप्रै फिल्म छन् ।

फोपीमा हेर्नका लागि मोबाइलमा यो एप डाउनलोड गर्नुपर्नेछ । फिल्म हेर्नका लागि नेपालमा ३० देखि ५० रुपैयाँ तिर्नुपर्नेछ । रकम तिर्नका लागि इ-सेवा, नेपाल टेलिकम या एनसेल सेवा प्रयोग गर्न सकिनेछ ।

नेपालबाहेक विदेशमा रहनेले पनि यो फिल्म सीमित रकम तिरेर हेर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : २९ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका