तपाईको मुटु प्रतिमिनेट कति पटक धड्किन्छ ? कम वा धेरै धड्किनु खतरा | Khabarhub Khabarhub

तपाईको मुटु प्रतिमिनेट कति पटक धड्किन्छ ? कम वा धेरै धड्किनु खतरा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य व्यक्तिको मुटु प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । यदि एक मिनेटको समयमा हाम्रो मुटु ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी धड्किन्छ भने त्यो मुटुको चालमा गडबडी सम्बन्धी रोगको संकेत हो ।

सामान्य अवस्थामा मुटुको चाल अचानक बढ्ने वा घट्ने भएमा ज्यानै जाने खतरा हुनसक्छ ।

किन हुन्छ मुटुको चाल गडबडी

–जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा,

–मुटुमा संक्रमण भएमा,

–लामो समयसम्म उच्च रक्तचाप तथा सुगरको समस्या भएमा,

–उमेर बढ्दै जाँदा,

– हृदयघातको समस्या भएमा मुटुको चाल गडबडी सम्बन्धी रोग लाग्छ ।

कसरी थाहा पाउने ?

–कमजोर महशुस हुने,

–मुटु हल्लिएजस्तो हुने,

–छाती दुख्ने,

– रिंगाटा लाग्ने,

– वेहोस् हुने ।

यस्ता समस्या देखिएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले यस्तो समस्या देखिएमा बिरामीलाई तत्काल अस्पतालमा लैजानुपर्छ ।  स्वास्थ्य जीवनका लागि मुटु पनि स्वस्थ्य हुनुपर्छ । मुटुलाई स्वस्थ्य राख्न स्वस्थ्यकर जीवनशैली हुनुपर्छ । जन्मजात मुटुरोगको समस्या उपचारले हुन्छ भने अस्वस्थ्यक जीवनशैलीले हुने मुटुको चाल गड्बडीलाई जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।

मुटुको चाल कसरी गर्ने नियन्त्रण

–नियमित रुपमा शारीरिक व्यायाम गर्ने,

–चिल्लो, पिरो, नुन, मसला बढी भएको खाना नखाने,

–मदिरा सेवन नगर्ने,

–धुम्रपान र सुर्तिजन्य पदार्थबाट टाढै रहने,

– उच्च रक्तचाप, सुगरका बिरामीले नियमित औषधि सेवन गर्ने,

–मोटोपना नियन्त्रण गर्ने,

–गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन नगर्ने ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर