प्रकृतिलाई चुनौती दिँदै नयाँ आविष्कार : रोवर्टसँग बिहे र यौनसम्पर्क | Khabarhub Khabarhub

प्रकृतिलाई चुनौती दिँदै नयाँ आविष्कार : रोवर्टसँग बिहे र यौनसम्पर्क


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रकृतिलाई नै चुनौती दिँदै धेरै भन्दा धेरै आविष्कार भइरहेका छन् । नयाँ प्रविधिको विकाससँगै भएका नयाँ आविष्कारले सबैलाई चकित बनाउने गरेको छ । कुनै समय अन्तरिक्ष यात्राका लागि तयार पारिएको रोवर्ट अहिले मानिसको साथी जस्तो भएको छ । अझ रोचक त यो छ कि अब चाँडै मानिससँग विवाहका लागि तयार हुने गरी पनि रोवर्टको आविष्कार हुँदैछ ।

वैज्ञानिकहरुको दावी मान्ने हो भने सन् २०५० सम्ममा मानिसले रोवर्टसँग बिहे गर्ने छन् । आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभी भन्छन्, ‘डा.डेभिडलाई कि त मानिसहरू चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् ।’

मानिसले पहिलेदेखि नै रोवर्टसँग सम्बन्धको विकास गरेको भन्दै अब वैवाहिक कार्यक्रमका लागि पनि तयार हुने लेभीले बताए । उनले भने, ‘मानिसहरू पहिल्लेदेखि नै रोबोटसँग शारीरिक सम्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’

यसका लागि तयारी थालेको र अब चाँडै नै मानिससँग शारीरिक सम्बन्ध स्थापना गर्नेगरी रोवर्टको आविष्कारको काम शुरु भएको लेभीले बताए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०